स्वास्थ्य

‘मानिसले ५० करोडको ज्यानमारा भाइरसलाई जिते, एचआइभी-कोरोनालाई पनि जित्नेछ’

काठमाडौँ । सभ्यता विकासक्रमसँगै मानिसले लगातार ज्यानमारा भाइरसको सामना गरिरहनु परेको छ । यस्ता भाइरसले करोडौँको ज्यान लिइसकेका छन् । यति हुँदापनि मानिस पछाडि परेको छैन, भाइरसलाई पछार्न सफल बनेको छ ।

संयुक्त राष्ट्रको रिपोर्ट अनुसार, हरेक १०० सेकेण्डमा एक बच्चा एचआइभीबाट संक्रमित भइरहेका छन् । यो कोरोनाकालमा एचआइभीका विरामीलाई उपचारमा अत्यन्तै समस्या भएको विभिन्न घटनाहरुले देखाएका छन् । परीक्षण, उपचार, दवाईको भण्डारण, लकडाउन, डरजस्ता कुराहरुले रोगीको उपचारमा समस्या देखिएका छन् ।

वर्तमान समयमा एचआइभी एड्स ज्यानमारा भाइरस हो । तर खुसीको कुरा के छ भने संयुक्त राष्ट्रको पहलमा सबै देशले सन् २०३० सम्म यसलाई संसारबाट हटाउने घोषणा गरेका छन् ।

अहिले हामी कोरोनाभाइरसको महामारी झेलिरहेका छौँ । लाखौँकाे ज्यान गइसकेको छ भने करोडौँ प्रभावित भएका छन् । खोप बन्ने र अन्तिम परीक्षणको तयारीमा छन् । यसरी हेर्दा सन् २०२१ सम्ममा कोरोना मानिसको नियन्त्रणभित्र हुने अनुमान गर्न सकिन्छ ।

साइन्टिफिक अमेरिकन म्यागेजिनका अनुसार, करिब लाख यस्ता भाइरस छन् जुन जनावरबाट मानिसमा सर्न सक्छन् । एचआइभी, कोरोनाको अलावा स्मलपक्स या चेचक, सार्स, इबोला, स्वाइन फ्लू, रेबिज पनि यस्तै ज्यानलिने भाइरस हुन् । स्मलपक्सले १८ र १९ औँ शताब्दिमा ५० करोड भन्दा बढि मानिसको ज्यान लिएको थियो । तर हामीले भ्याक्सिन बनाएर संसारबाट त्यसलाई समाप्त गर्न सक्यौँ ।

वर्ल्ड एड्स डे मा आज हामी तपाईंलाई मानिसमा हमला गर्ने १० खतरनाक भाइरसको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

एचआइभी, स्मलपक्स, इन्फ्लूएन्जा, हान्ताभाइरस, रेबिज, इबोला, मर्स, रोटाभाइरस, मारबर्ग, कोरोना हुन् ।

यसकारण कुनैपनि भाइरस संयुक्त प्रयासबाट मात्र समाप्त हुनसक्छन् । आत्तिनु हुँदैन, मात्तिनु हुँदैन कोरोनापनि नियन्त्रणमा आउँछ र सन् २०३० सम्ममा एचआइभी पनि ।

वर्ल्ड एड्स डे मा यहि प्रण गरौँ ।

गाउँ सहर डेस्क

तपाईँको मत