प्रेरणा

राम्रो कुरा फैल्याउनु पर्छ; नराम्रो कुरा एकैठाउँ समेट्नु पर्छ, तर यहाँ ठिक उल्टो छ

काठमाडौँ । नराम्रा र झुटको खेति समाजमा मौलाएको छ । अर्कोतिर राम्रा कुराहरुले समाजमा स्थान पाएका छैनन् । नभएपनि हो भन्ने बनाउने समाजको यहि गलत शैली हावी हुँदै जाँदा असत्यको विजय, नराम्रोको भलो र भ्रष्टाचारीहरु खुलेआम राज गरिरहेका छन् । यस्तो कार्यले समाज बन्दैन, समाज बन्नको लागि राम्रो कुरा जताततै पुर्याउनु पर्छ र नराम्रो कुरा फैलनबाट रोक्नुपर्छ ।

सिख धर्मका संस्थापक गुरु नानकदेवजी जहिल्यै घुम्दथे र आफ्नो आचरणबाट शिष्य र समाजलाई सुखी जीवनको संदेश दिन्थे । उनको आशिर्वाद सबैले सजिलोसँग बुझ्दैनथे । जो व्यक्ति उनलाई चिन्दथे, केवल उनीहरु मत्र उनको कुरा बुझ्दथे । उनको आशिर्वाद अत्यन्त सरल हुन्थे, तर तिनको अर्थ अत्यन्तै गहिरो हुन्थ्यो ।

एकपटक गुरु नानक आफ्ना शिष्यसँग कुनै एक गाउँमा पुगे । त्यो गाउँका मानिस निराश थिए । गाउँमा गुरु नानको बारेमा थाहा पाएपछि उनी बसेको डेरामा प्रणाम गर्न पुगे । सो समय गुरु नानकले व्यक्तिको समूहलाई अशिर्वाद दिए- यहीँ रहनु ।

केहि समय पछि एक अर्को समूह आयो, गुरु नानकले भने- छरि जाऊ ।

शिष्यले गुरु नानकसँग सोधे- यो कस्तो आशिर्वाद हो ? एउटा समूहलाई बस अनि अर्कोलाई फैल ।

गुरु नानकले भने- जो पहिला आएका थिए ति व्यक्ति राम्रा थिएनन् । सबै नराम्रो काममा लागिरहन्छन् । नराम्रा मानिस एकैठाउँ बसे राम्रो । कमसेकम समाजमा नराम्रो कुरा त फैल्याउँदैनन् । यसकारण मैले बस्ने आशिर्वाद दिएँ ।

दाेस्राे समूह जसमा राम्रा व्यक्ति थिए यसकारण छरिन आशिर्वाद दिएँ ताकि उनीहरु जहाँजहाँ पुग्छन राम्रो सन्देश फैल्याउँछन् । समाजलाई राम्रो गर्छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत