निर्माण

मुक्तिनाथ विकास बैंकले राजधानीमा आफ्नै भवन बनाउन सुरु ग-यो

 काठमाडौँ । मुक्तिनाथ विकास बैंकले राजधानीमा आफ्नै भवन बनाउन सुरु गरेको छ । भवन बनाउनका लागि आज जमिनको पूजा गरिएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले जग्गाको शिलान्यास गरेका हुन् । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने र बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने ढकालले बताए । 

उक्त शिलान्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु सेयर धनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित रहेको थियो । 

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतका जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत