स्वास्थ्य

औषधी तस्करी गर्ने पक्राउ

विराटनगर । विश्व महामारीको रुपमा फैलदै आएको कोरोना भाइरस  संक्रमितको उपचारमा प्रयोग गर्दै आएको औषधी ‘रेमडिसिभिर’ को विराटनगर नाकाबाट तस्करी हुने गरेको तथ्य खुलेको छ । 

भ्याक्सीनको रुपमा प्रयोग हुने उक्त औषधी भारत हुँदै  मोरङको नाकाबाट विराटनगरतर्फ लुकाई छिपाई तस्करी हुने गरेको पाइएको छ । प्रहरीले औषधी  तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।  प्रहरीले विशेष सुचनाका आधारमा  रेम्डेसिभिर सहित अन्य औषधी बरामद गरेको हो  । पक्राउ पर्नेमा विराटनगर–१३ स्थित सैनक टोलका ३६ वर्षीय नरेश यादव रहेका छन् । 

भारतीय बजारमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म पाइने रेम्डेसिभिर नेपालका अस्पतालहरुमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको पाइएकाे छ । उक्त औषधी भाइरस  संक्रमित भएका मध्ये  पनि आइसियु र भेन्टिलेटरका विरामीलाइ प्रयोग गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले  यादवको घरबाट अन्य औषधिसँगै १० भाइल रेमडिसिभिर पनि बरामद गरेको छ । 

प्रहरीले नेपालमा प्रतिबन्धित औषधीहरु समेत बरामद गरेको छ । औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ सहित चार कार्टुन औषधि बरामद भएको प्रहरीले जनाएको छ । रेमडेसिभिरको तस्करीमा विराटनगरका केही ठूला औषधि व्यवसायी, निजी अस्पताल र स्वास्थ्य क्षेत्रका व्यक्तिहरु नै रहेको प्रहरीको भनाइ छ । ट्याक्टरको मुनी औषधि र माथिबाट पराल राखेर चोरबाटो हुँदै तस्करी गरेर औषधि यादवको घरसम्म लगेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले तस्करीमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य गरिरहेको बताएको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत