कला

वृन्दाको पतिब्रता धर्म नष्ट हुनुको रहस्य

धर्म शास्त्र अनुसार प्राचीनकालमा जालन्धर नामको एक राक्षस थियो । उसले पृथ्वी लोकमा आतंक मचाएको थियो । लडाइ गरेर भगवान इन्द्रलाई हराई उनको सिंहासन आफ्नो कब्जामा लिएको थियो । जालन्धरको शक्तिका अगाडि कुनै पनि देवताहरुको शक्ति टिक्दैन्थ्यो । उसलाई मार्नका लागि भगवान शिव बाहेक अरु देवताबाट असम्भव थियो । पृथ्वी लोकमा जालन्धले मचाएको आतंकबारे जब भगवान शिवले चाल पाए त्यसपछि शिव जालन्धरसँग युद्धको तयारी गरे ।

हिन्दु धर्मका अनुसार महादेवलाई जालन्धर राक्षस मार्नका निम्ति भगवान विष्णुको आवश्यकता थियो । त्यसपछि देवराज इन्द्र  देवता, ऋषिमुनीहरु भगवान विष्णु भएको ठाउँमा पुगे र भगवान विष्णुले जालनधर राक्षसको वीरताकाे रहस्य बताउँदै भन्न थाले —जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म भएकै कारण उसको पराजय गर्न हामी असमर्थ छौँ । जबसम्म वृन्दाको पतिब्रता धर्म नस्ट हुँदैन तवसम्म हाम्रो शक्तिले उसको शक्तिलाईमा कुनै असर पार्दैन । वृन्दाको पतिको  अत्याचार बढ्दै गएपछि भगवान शिवले धेरै सोच विचारका साथ वृन्दाको पतिब्रता धर्म नस्ट गर्ने निर्णय लिए । उनले वृन्दालाई छल गरी जालन्धरको शक्ति नष्ट गर्नका लागि जालन्धरको नक्कली शवलाई उनको घरको ढोका अगाडी पछारिदिए ।

भगवान शिवले छल गरेकै कारण वृन्दालाई उक्त शव आफ्नो पतिको जस्तो लाग्यो । आफ्नो पतिको मृत्यु भएको थाहा भएपछि मृत शरीरको पाउँमा परी अलाप विलाप गरी रुन थालिन् । सोही समयमा एक साधु वृन्दाको नजिक आएर सम्झाउँदै भन्न थाले —  छोरी यति धेरै दुखि नहोऊ म यो मृत शरीरमा श्वास हाली ज्यूँदो बनाईदिन्छु भन्दै साधुले शरीरमा श्वास हाली ज्यूँदो बनाईदिए ।

 तर,त्यो मृत शरीर भगवान विष्णुको हुन्छ । भिक्षुले श्वास हालेपछि  भावविवहल हुँदै वृन्दाले नक्कली जालन्धरलाई आफ्नो स्वामी मानेर घरभित्र लैजान्छिन् । सोही रात भगवान विष्णुले वृन्दाको पतिब्रता धर्म नष्ट गर्न सफल हुन्छन् । उता वृन्दाका पति जालन्धर देवताहरुसँग युद्ध गरिरहेको थियो । वृन्दाको सतित्व नस्ट हुने वित्तिकै जालन्धर कमजोर हुन्छ  । पत्नीको सतित्वका कारण कसैले मार्न नसकेको जालन्धर युद्धमा मारिन्छ । यसरी छलकपट गरी आफ्नो पतिब्रता धर्म नस्ट गर्ने विष्णु भन्ने थाहा पाएपछि वृन्दाले विष्णुलाई शिला हुनु परोस, घाँस हुनु परोस, वृक्ष हुनु परोस भनी सराप दिइन् । वृन्दाको सरापका कारण विष्णुले शालिग्राम,तुलसी र पिपल हुनु परेको धार्मिक ग्रन्थमा उल्लेख छ । हिन्दु धर्म अनुसार उक्त चीजहरुलाई भगवान विष्णुको स्वरुप मानी पूजा गर्ने गरिन्छ । धार्मिक ग्रन्थको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत