स्वास्थ्य

विश्वभर १ कराेड ७४ लाख जनामा काेराेनाभाइरस सक्रिय, एक लाख बढिकाे अबस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ७४ लाख ७१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड २३ लाख ९३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड १३ लाख २ हजार नाघेको छ भने मृतकको संख्या १४ लाख ३७ हजार ६३५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ४ हजार ९०३ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ३२ लाख ४८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ६९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २४ हजार ३८६ को अवस्था गम्भीर छ । अहिलेसम्म ७८ लाख ४६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५१ लाख ३२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९३ लाख ९ हजार ८७१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३५ हजार ७५२ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८७ लाख १७ हजार ७०९ जना निको भएका छन् । सक्रिय केस ४ लाख ५६ हजार ४१० जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६२ लाख ४ हजार जना संक्रमितमध्ये ५५ लाख २८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७१ हजारभन्दा बढी छन् । हाल ५ लाख ४ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख २७ हजार ६४० जना पुगेका छन् भने २ लाख ९ हजार ४३५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ४१२ पुगेको छ भने १६ हजार ७९३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत