कला

डिशहोमको “द स्ट्रिङ्स” कार्यक्रमकाे फाइनल प्रतियोगिता शनिबार

काठमाडाैं । डिशहोमले सुरु गरेको डिजिटल Retro English सांगीतिक प्रतियोगिता The Strings को फाईनल प्रतियोगिता हुन लागिरहेको छ । दुई भागमा यस शोको प्रशारण रियालिटि टिभीमा १३ र १७ गते प्रशारण हुने भएको छ । १३ गते शनिवार प्रतियोगिताको प्रशारण राति ८ः३० बजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुनेछ ।

प्रतिस्पर्धीहरु क्रमश : शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई विचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागेकाे हो । फाईनल प्रतियोगितामा पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता उत्साहजनक र रोचक हुनेछ ।

प्रतियोगिहरु मध्येबाट विजेताको छनौट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको Voting को आधारमा गरिनेछ । निर्णायकहरु मायुलिया कोईराला, पेम्बालोप्चा र निर्भाणा चौधरी रहने डिशहोमले जनाएको छ । प्रतियोगिलाई Vote गर्ने तरिका DishHome को आधिकारीक Facebook Page मा गएर हेर्न सकिनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत