दिगोविकास

परेवाको मूल्य १४ करोड

बेल्जियमा भएको एउटा परेवा १९ लाख डलर (भारु १४ करोड) तिरेर किनिएको छ । उक्त परेवाको नाम  ‘न्यु किम रहेको छ भने उक्त परेवाको उमेर २ वर्षको छ । 

परेवालाई पहिला २३७ डलरमा लिलामीमा राखिएको थियो तर चीनका एक व्यक्तिले न्यु किमलाई १९ लाख डलरमा किनेका छन् ।

समाचार एजेन्सी रोयर्टसका अनुसार, न्यु किम पालेका कुर्त वाउवर परिवार यो खबर सुनेर चकित परेका छन् । सानै उमेरमा सो परेवाले अघिल्लो रेकर्ड तोड्न सफल भएको छ । यसअघि चार वर्षका पुरुष परेवालाई १४ लाख डलरमा बिक्री गरिएको थियो ।

रेसिङ च्याम्पियन अरमान्डोलाई परेवाहरुको लुइस हैमिल्टन पनि भनिन्छ । उक्त परेवालाई सन् २०१९ मा बेचिएको थियो । त्यस्तै न्यु किमले सन् २०१८ मा राष्ट्रियमध्ये दूरी रेससहित थुप्रै रेसहरु जितेको छ ।

पछिल्लो केही वर्ष यता चीनमा परेवाहरुको रेस लोकप्रिय भइरहेको छ । अरमान्डोलाई पनि चिनियाँ नागरिकले नै किनेका थिए । अरमान्डोलाई जस्तै न्यु किमलाई किन्नका लागि पनि धेरै चिनियाँहरुबीच मूल्यमा प्रतिस्पर्धा चलेको थियो । 

यस्ता रेसिङ परेवाहरुले १० वर्षसम्म सन्तान उत्पादन र १० वर्षको उमेरसम्म बच्चा उत्पादन गर्दछन् । 

लिलामी संस्था पीपाका सीईओ निकोलासका अनसुार “यो रेकर्ड मूल्य अविश्वसनिय छ किनकि यो (न्यु किम) एक पोथी प्रजातीको परेवा हो ।  यो प्रजातिको परेवाको मूल्य महँगो हुन्छ किनभने यसले धेरै बच्चा जन्माउन सक्छ” उनले बेल्जियममा करिब २० हजार  परेवा पालकहरु रहेको बताए ।  (बीबीसी हिन्दी)

गाउँ सहर डेस्क

तपाईँको मत