६ सय वर्ष पुरानो वैष्णव मन्दिर
- गाउँ सहर डेस्क
- १२ मङ्सिर शुक्रबार, २०७७ | ०५:०१:०० मा प्रकाशित
भारतको तमिलनाडुको मदुरई शहरमा अवस्थित कूडल अझगर मन्दिर प्राचीन समयदेखि नै प्रख्यात छ । मन्दिर दक्षिण भारतको एक प्राचीन र प्रमुख मन्दिरका रुपमा प्रख्यात छ । मन्दिरलाई धेरै किसिमको रङ प्रयोग गरी सजाइएको छ । मन्दिरमा ६०० वर्ष पुराना शिलालेख रहेका छन् । उक्त मन्दिर १२ देखि १४ औँ शताब्दीका बीचमा पंडया राजवंशका राजाले बनाएका थिए । त्यसपछि विजयनगर तथा मदुरैका राजाले १६ औँ शताब्दीतिर वरपर अन्य मन्दिरको निर्माण गराएका थिए ।
यो एक वैष्णव मन्दिर हो । मन्दिरभित्र भगवान विष्णुको सुतिरहेको मूर्ति देख्न सकिन्छ । जुन मूर्ति ग्रेनाइटबाट बनेको छ । मूर्तिको उचाइ ६ फिट रहेको छ । मूर्तिको दायाँ बायाँ श्रीदेवी र भूदेवीको प्रतिमा अवस्थित छ । जसलाई भगवान रामको राज्याभिषेक समारोहको स्थान दिइएको छ । मुख्य कुरा उक्त मन्दिरको शिरको छाँया जमिनमा पर्दैन ।
भगवान विष्णुको १०८ दिव्य स्थान मध्ये यो एक स्थान हो । भगवान विष्णु कूडल अझगरका रुपमा राक्षस सोमलाई मार्नका लागि आउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ ।मन्दिरको चारैतिर ग्रेनाइटले घेरिएको छ । मन्दिरमा पाँच स्तरीय राजगोपुरम छ । मिन्दरका शिर आठ भागमा बनेको छ । जसमा ऋषि, दशावतार, लक्ष्मी नरसिम्हा, लक्ष्मी नारायण तथा नारायणमूर्तिको चित्र अवस्थित छन् । मन्दिरमा नौ ग्रह देवताको मूर्ति पनि स्थापित छ । नौ ग्रहले ब्रह्माण्डमा हरेक व्यक्तिलाई प्रभाव पार्ने धार्मिक मान्यता रहिआएको छ । नौ ग्रहको दर्शन गर्नाले रोकिएका काम बन्ने जनविश्वास छ । धामिर्क ग्रन्थकाे सहयाेगमा
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस