स्वास्थ्य

कोरोनाको सुखद लक्षण 

भारतका चिकित्सकले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितहरुमा कुनै पनि कुराको स्वाद र गन्ध थाहा नपाउने लक्ष्ण देखिए सुखद संकेत भएको दाबी गरेका छन् । यस्ता लक्षण देखिने कोरोना संक्रमित गम्भीर बिरामी पर्ने खतरा निकै कम हुने उनीहरूको दाबी छ।  

कोरोना संक्रमितमा स्वाद र गन्ध थाहा नपाउने लक्षण हुन्छन्, तिनलाई कोरोनाले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने जोखिम कम हुने उनीहरूको भनाइ छ ।

नोएडास्थित यथार्थ अस्पतालका डा. अरुण लखनपाल टोलीका अनुसार आइसियुमा भर्ना भएका  अधिकतम कोरोनाका बिरामीमा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएको थिएन। यसको अर्थ गम्भीर अवस्थाका कोरोना संक्रमितमा यस्ता लक्षण देखिँदैनन्।

झन्डै ४० प्रतिशत कोरोनाका बिरामीमा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएको र यो सुखद संकेत भएको डा.लखनपाल बताउँछन्। मेदान्ता अस्पतालकी वरिष्ठ चिकित्सक डा. सुशीला कटारियाका अनुसार ‘त्यस्ता बिरामीलालई सामान्यतया अक्सिजन आवश्यक पर्दैन र अस्पताल भर्ना हुनुपर्ने जोखिम कम हुन्छ ।’

कोरोना संक्रमण भएपछि स्वाद र गन्ध थाहा नपाउने मुख्य कारण भने पत्ता लागिसकेको छैन तर पनि कोरोना भाइरसले इन्द्रियसँग सम्बन्धित स्नायुमा असर पारेपछि यस्ता लक्षण देखिने अनुमान गर्न भने सकिन्छ ।

यस्तै स्वाद तथा गन्ध थाहा नपाउनु केवल कोरोना संक्रमणको लक्षण नभएर अन्य रोगका लक्षण पनि हुन सक्ने चिकित्सकको भनाई छ । चिसो, साइनोसाइटिस जस्ता सामान्यदेखि मस्तिष्क क्यान्सर जस्ता गम्भीर रोगसम्ममा पनि यस्तै लक्षण देखिन्छ। तसर्थ यस्ता लक्षण देखिँदा सतर्क हुन र कोरोना हो या होइन  पत्ता लगाउन चिकित्सको सल्लाह रहेको छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत