गाउँ सहर

गुड बाई गोल्डेन ब्वाई : ६० वर्षमा अस्ताए फूटबलका हस्ती म्याराडोना

काठमाडौँ । डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । दुई हप्ता अघि उनलाई अस्पतालबाट विदा गरिएको थियो । त्यो बेला उनलाई ब्रेन सर्जरीको लागि अस्पताल भर्ना गरिएको थियो । म्याराडोनालाई महान फूटबलरको रुपमा चिनिन्छ, उनले सन् १९८६ मा अर्जेन्टिनालाई वर्ल्ड कप जिताउन अहम भूमिका निभाएका थिए ।

त्यो खेलमा उनको विश्व प्रख्यात गोलपनि समावेस थियो जसलाई "ह्याण्ड अफ गड" को नामले जानिन्छ । सोहि गोलको कारणले अर्जेन्टिनाले इंग्ल्याण्डविरुद्धको खेलमा जीत हासिल गरेको थियो ।

अर्जेन्टिनाको मिडिया रिपोर्ट अनुसार, ब्रेन सर्जरीपछि म्याराडोनालाई ११ नोभेम्बरमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनलाई सो दिन साँझ ६ बजे डिस्चार्ज गरिने थियो तर उनी सो समयभन्दा अगाडि नै घरको लागि निस्केका थिए किनकी सडकमा उनका हजारौँ प्रशंसक एक झलक पाउनको लागि उत्रिएका थिए । म्याराडोनाले बोका जूनियर्स, नपोी, बार्सिलोना जस्ता क्लबबाट फुटबल खेले । 

उनले आफ्नो अन्तर्राष्ट्रिय फुटबल केरिरमा ९१ खेल खेले जसमा ३४ गोल गरे । सन् १९८६ को वर्ल्ड कपमा उनी अर्जेन्टिनाका कप्तान थिए र सर्वश्रेष्ठ खेलाडि चुनिए । उनले गोल्डेन बल अवार्ड हाता पारेका थिए । संसारभर करोडौँ उनका प्रशंसक छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत