गाउँ सहर

ढकाल समूहलाई जिताउन ७० जिल्ला नगरका अध्यक्षहरूको भेला सम्पन्न

काठमाडौं । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहलाई निर्वाचनमा विजय गराउन ७० जिल्ला तथा नगरका अध्यक्षहरु भेला भएका थिए ।  नेपाल उद्योग वाणिज्य महासंघको नजिकिदै गरेको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् ।  

नजिकिदै गरेको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानललाई जिताउन भक्तपुरमा भेला भएका जिल्ला नगर अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका उद्योगीहरुले उचित नेतृत्व पाएको आभाष हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासंघको नेतृत्वमा बसेर काम गर्न सक्ने बताए । 

उनले भने ‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म संचालन गर्दै ७७ ओटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु,’ । उनले आफु जित्नका लागि मात्र नभएर अर्थात महासंघको पदमा भए नभए केही केही फरक नपर्ने तर जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’ 

अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफु र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताए । 

हाल सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, समस्या परेर फोन गर्दा नेतृत्वले फोन उठाएन भन्ने गुनासोलाई आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोनो साख फर्काउँदै प्रतिनिधित्व गराउने आश्वासन समेत दिए ।

भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासंघमा आफुहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकालजस्तो व्यक्ति नेतृत्वमा पाएको र चन्द्र ढकाल टीमलाई जिताउन आफुहरु चुनावमा खटिने  बताए ।

कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अबको निर्वाचनमा ढकाल प्यानलको विकल्प नभएको बताए । महासंघमा ताम्राकार एक प्रभावशाली नेताका रुपमा छन् । 

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ तथा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अवालले ढकाल टीमलाई स्वागत गर्दै विजयको शुभकामना समेत दिएका छन् । उनीहरुले उद्योगी व्यवसायीका हकहितका लागि ढकाल प्यानललाई जिताउन सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुलाई समेत आग्रह गरेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत