विश्व

अमेरिकामा पहिलो अश्वेत उपराष्ट्रपति : भारतीय मूलकी कमला ह्यारिस जो बाइडनविरोधी भएपनि चुनिइन्

काठमाडौँ । कमला ह्यारिस अमेरिकाको नयाँ उपराष्ट्रपति हुनेछिन् । ५६ वर्षिया कमलाका पिता जमैकन, माता भारतीय हुन् । उनीभन्दा अगाडि कुनैपनि अमेरिकन महिला यो उचाईसम्म पुगेका थिएनन् । बाल्यकालमा ह्यारिसलाई लाग्थ्यो कि रंगभेदर र नस्लीय भेदभावको लडाइँ धेरै लामो र मुश्किल छ । चुनाव प्रचारको समय उनले आफ्ना अभिभावक र अधिकारको लडाइँको धेरैपटक चर्चा गरेकी थिइन् ।

एक चुनावी र्यालीमा अश्वेत महिलासँग उनले भनिन्— कयाैँपटक म एक्लो महशुष गर्दछु । तर, अब मलाई साथी मिलिसकेको छ । अश्वेतका बीच उनको लोकप्रियता धेरै छ । अमेरिका विविधताको प्रतिक हो । कमला अश्वेत हुन् । एशियाली मूलकी हुन, भारतकी हुन् । र अब उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुनेछिन् । उनीसँग राष्ट्रपति हुनेछन श्वेत तथा ७७ वर्षिय जो बाइडन ।

शनिबारको भिक्ट्री स्पीचमा कमलाले भनिन्— म अमेरिकाको पहिलो महिला भाइस प्रेसिडेंट बन्नेछु, तर हामीले यो पनि तयार हुनु छ कि यो अन्तिम नबनोस् । हरेक सानो बच्चा आज जुन देखिरहेका छन् । उनीहरुको मनमा यो भावना जरुर आउनु पर्दछ कि अमेरिका संभावना र आशाको देश हो । कमला सन फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नी भइसकेकी हुन् । उनी पहिलो थिइन् । सन् २०१६ मा जब सांसद बनिन् सो सम्मान पाउने दोस्रो अश्वेत महिला थिइन् । सिनेटमा कयौँ पटक उनले रंगभेद र नस्लवादमा आवाज उठाइन् । देश यो मुद्धामा सोच्न वाध्य भयो ।

ह्यारिसले क्यानडामा कयौँ वर्ष बिताइन् । अश्वेतको यूनिभर्सिटी हार्वडमा पनि रहिन् । डोमेस्टिक एण्ड चाइल्ड भायलेन्समा पनि काम गरिन् । सन् २००९ मा उनको आमाको ब्रेस्ट क्यानसरबाट निधन भएको थियो । उनका पति यहुदी थिए । उनका बच्चाहरु उनलाई मोमाला बोलाउँछन् । डेमोक्रेटिक पार्टीले उनलाई चुन्नु सजिलो थिएन, तर कमलाको कद बढिरहेको थियो । ठूलो कुरा त के भने उनी सँधै बाइडनको विरोधी रहिन तर उनले नै कमलालाई भाइस प्रेसिडेन्ट नोमिनेट गरे । यो उनको कद र ज्ञानको सम्मान थियो । द न्यूयोर्क टाइम्सको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत