मानव संशाधन

भविश्यमा रोजगारीको लागि नयाँ सीप के सिक्दै हुनुहुन्छ ? यी क्षेत्रमा हुन सक्छन् महामारीपछिको अवसर

काठमाडौँ । कोरोनाले केवल शारीरिक असरमात्र होइन मानसिक र आर्थिक रुपमा उठ्नै नसक्नेगरी चोट पुर्याएको छ । इन्टरनेशनल लेबर अर्गनाइजेशन (आइएलओ) र एशियन डेभलपमेन्ट बैंक (एडिबी) को रिपोर्ट बताउँछ कि कोरोना आएपछि ४१ लाख युवाको जागिर चट भएको छ । यसबाट अनुमान लगाउन सकिन्छ कि वेरोजगारीको अवस्था के छ भनेर !

खैर, यो कुरा त जागिर गूमाउनेको भयो, अब कुरा गरौँ पाउने । अहिले करोडौँ मानिसहरु नयाँ जागिर वा कामको खोजीमा छन्, तर नयाँ काम कहाँ पाइन्छ ? कसरी पाइन्छ ? कसैलाई थाहा छैन ।

वर्ल्ड इकोनोमी फोरमको रिपोर्ट अनुसार, कोरोनाले भविश्यको अवसर विकास गरेको छ । फ्यूचर अफ जब्स रिपोर्ट २०२० का अनुसार, नयाँ जागिर ति स्थानमा आउने छन जहाँ नयाँ तरिकाको सीप र कामदारको आवश्यकता पर्दछ । पाँच वर्ष विश्वभरमा करिब ९.७ करोड नयाँ काम सिर्जना हुनेछ, तर करिब ८.५ करोड मानिसको जागिर वा काम चट् हुनेछ । 

अवसर पाउन चाहिने सीपहरू

  1. समस्या समाधान
  2. व्यक्तिगत व्यवस्थापन
  3. जनतासँग कार्य
  4. प्रविधिको प्रयोग र विकास ।

भविश्यमा जागिर पाइने क्षेत्रहरुः

  • तथ्यांक विश्लेषण तथा विज्ञान
  • मेशिनरी र विज्ञता
  • ठूला तथ्यांक विज्ञ
  • विद्युतीय बजारीकरण तथा रणनीति बनाउने
  • स्वचालन विज्ञ 
  • व्यापार विकास अधिकारी 
  • विद्युतिय परिवर्तन विज्ञ 
  • सूचना सुरक्षा विश्लेषक
  • सफ्टवेयर एण्ड एप्लिकेशन डेभलपर्स
  • इन्टरनेट विज्ञ ।

जागिर चट् हुनसक्ने क्षेत्रहरूः

  • तथ्यांक भर्ने तथा लेखापढी
  • प्रशासनिक तथा कार्यकारी सचिव
  • बाहिरी कार्य, बहिखाता र भुक्तानी व्यक्ति 
  • लेख र लेखापरीक्षक
  • फ्याक्ट्री कामदार
  • व्यापार तथा प्रशासनिक अधिकृत 
  • ग्राहक सेवा कामदार 
  • सञ्चालन अधिकारी 
  • मेशीन मर्मत
  • भण्डारपाल । 

के गर्ने त ? अब के सिक्ने ?

  • विश्लेषणत्मक सोचाइ र नविन आविश्कार
  • सक्रिय सिकाई रणनीति
  • कठिन समस्याको समाधान
  • सोचाइमा गम्भीरता साथै विश्लेषण
  • सिर्जनात्मक र भिन्न उत्पादन र तरिका
  • नेतृत्वशैली र सामाजिक प्रभाव
  • प्रविधिको प्रयोग, अनुगमन र नियन्त्रण 
  • प्रविधि ढाँचा र कार्यक्रम
  • तनाव सहन गर्ने साथै लचिलोपना
  • कारण, समस्या समाधान र विचार ।

यसरी हेर्दा पनि पछिल्ला पाँच वर्षमा कामदारले आफ्नो मुख्य सीप परिवर्तन गर्नुपर्ने हुनसक्छ । यसको लागि हामी मानसिक र शारीरिक रुपमा तयार भए पछि सहज हुन सक्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत