प्रेरणा

“नदीको, शास्त्रधारीको, लामा नङ भएका, सिङ्ग भएका जनावर, खराब व्यक्ति र राजकूलको भरोसा गर्नु हुँदैन”

काठमाडौँ । आचार्य चाणक्यले आफ्नो नीति शास्त्रको दोस्रो अध्यायको ५ औँ नीतिमा बताएका छन कि जो व्यक्ति पीठ पछाडि काम बिगार्दछ र अगाडि पर्दा मिठो वाणी बोल्दछन्, तीबाट दूर हुन पर्दछ । यस्ता मानिसहरु मुखमा रामराम बगलीमा छुरा बोकेका हुन्छन् ।

चाणक्यका केही नीतिः

“पुत्र उहि हो जो पिताको भक्त छ । उही पिता हो जो पालन गर्दछ । मित्र उही हो जसमा विश्वास हुन्छ । उही जीवन साथी हो जसबाट सुख मिल्दछ ।”

“नदीको, शास्त्रधारीको, लामा नङ भएका, सिङ्ग भएका जनावर, खराब व्यक्ति र राजकूलको भरोसा गर्नु हुँदैन ।”

“जो व्यक्तिको जीवन साथी हरेक कुरा मान्दछ, जसको सन्तान वशमा रहन्छ र जो खराब समय सन्तुष्ट रहन्छ, उसको लागि धर्ती नै स्वर्ग हुन्छ ।”

“खराब मित्रमा भरोसा विल्कुलै नगर्नुहोस् । राम्रो मित्रमा पनि विश्वास बढी गर्नु हुँदैन । यदि मित्र रिसाए गुप्त कुरा सार्वजनिक गर्न सक्छन् ।”

“मूर्खताले दुःख दिन्छ । कहिले कहिले अत्यधिक जोश पनि दुःख दिन्छ । तर, अर्काको घरमा बस्नु सबैभन्दा बढी दुखदायक हुन्छ ।”

गाउँ सहर डेस्क

तपाईँको मत