स्वास्थ्य

कोरोनाले कंगाल बन्दै म्यानमार : भोकै मर्ने अवस्था - मानिसहरू सर्प, मुसा र किरा खाँदै

यांगून । एशियाली देश म्यानमारमा कोरोना संक्रमणका कारण भोकमरी सिर्जना भएको छ । मानिसहरु सर्प, मुसा र किरा खाएर जिइरहेका छन् ।

कोरोनाको कारण मार्चमा संसारभर लकडाउन लगाइएको थियो । अवस्था केहि सहज भएपछि लकडाउन खुल्यो तर केश पुनः बढ्न थाल्यो । फेरी म्यानमार सरकारले सेप्टेम्बरमा जनतालाई घर बाहिर ननिस्कन भन्यो । यसले भोकमारी सिर्जना भयो ।

यांगूनमा बस्ने ३६ वर्षिया मा सून बताउँछिन्, "जब पहिलो लकडाउन भयो सबै बन्द भयो । खाद्य सामाग्री जुटाउनको लागि गहना जाकटी राख्नुपर्यो । फेरी लकडाउन भयो दोस्रोपटक स्टल बन्द गर्नु पर्यो । त्यो समय कपडा र भाँडाकुँडा बेचेर खाना जुटाउनु पर्यो ।"

सूनका अनुसार- जब केहि बेच्ने रहेन तब पतिसँग शहरी इलाकामा बग्ने नालीमा खाना खोज्न मजबूरी भयो । आँखाबाट आँशु बगाइरहेकी भोकले छट्पटाएकी सू भन्छिन्, 'यहाँ धेरै व्यक्तिहरु सर्प खाइरहेका छन् ।'

तर स्थानीय प्रशासनका अधिकारी नेय मिन टुनका अनुसार- ४० प्रतिशतलाई सहयोग उपलब्ध गराइसकिएको छ ।

रिपोर्टका अनुसार म्यान्मारमा ५.४४ करोड जनसँख्यामा ४१ हजार काेराेनाबाट संक्रमित भएका छन भने एक हजार बढीको मृत्यु भइसकेकाे छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत