प्रेरणा

अर्काको नकारात्मक कुराले कमजोर हुनसक्छ आत्मविश्वास, यसकारण सकारात्मक सोच्नुहोस्

काठमाडौँ । कहिल्यैपनि कसैले हाम्रो नकारात्मक कुरा गर्दछन भने स्वभावैले हाम्रो सोचमा त्यसले असर पुर्याउँदछ । कठिन समयमा यस्ता कुराले हाम्रो आत्मविश्वास कमजोर गराउन सक्दछ । यसकारण आफूमा भरोसा राख्नु जरुरी हुन्छ र सकारात्मक सोचले जस्तोसुकै कठिन समय पनि पार गर्न सक्छाैँ ।

अर्काको नकारात्मक कुरा र त्यसको असरका बारेमा यो लोककथा हाम्रो लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

पुरातन समयमा एक राज्यमा दुई राजकुमार थिए । एक दिन दुबैले शिकारमा जाने योजना बनाए । उनीहरु केहि सैनिकको साथमा जंगलतिर लागे ।

जंगलको लामाे बाटो हिँडेपछि राजकुमारहरूलाई थकान भयो । त्यहाँ एक नदी देखियो । राजकुमारहरु नदीमा स्नान गर्न पसे । तर एक राजकुमारलाई नदीले बगायाे । नदीमा धेरै पानी भएका कारण सैनिकहरु डराइरहेका थिए र डुबिरहेका राजकुमारलाई निकाल्न सकिरहेका थिएनन् । किनारमा भएका सबैले बगेका राजकुमारलाई माया मारिसकेका थिए । नदीमा डुबिरहेका राजकुमार पनि उनीहरुको कुरा सुनेर कमजोर महशुष गर्न थालेका थिए । उनका हात खुट्टा चल्न छाडिसकेका थिए । उनले अफैँमा भरोसा टुटाइसकेका थिए कि अब उनी कसरी बाँच्ने भनेर ।

जब राजकुमारको तैरने कोसिस बन्द गरे तब नदीमा बगे । किनारमा भएका सबै चिन्तित बनिरहेका थिए । 

केहि समय पछि एक साधु र नदीमा बगेका राजकुमार आइरहेको उनीहरूले देखे ।

नदीको किनारमा भएका सबै खुसी भए । उनीहरुले राजकुमारसँग सोधे, कसरी बच्नुभयो ?

तब साधुले भने— जब यिनी नदिमा बगिरहेका थिए, उनी एक्लै थिए, त्यो निराश गर्ने कुरा थिएन, कसैले पनि उसमा उत्साह भर्ने काम गरेनन् । उनले आफैँ यो बुझे कि उनी नदीबाट बाहिर निस्कन सक्छन् । सकारात्मक विचार आएसँगै उनमा उर्जा थपियो र फर्केर आए । उनले नदीबाट निस्कन कोसिस सुरु गरे । बगिरहेका दाउराकाे टुक्रा पक्रिए र त्यसैलाई समातेर उनी नदी बाहिर आए ।

गाउँ सहर डेस्क

तपाईँको मत