विश्व

डब्लूएचओले पुनः सचेत गरायो- कोरोनाको अवस्था झनै गम्भीर हुनसक्छ

  • एजेन्सी
  • ८ कार्तिक शनिबार, २०७७ | ०३:१६:०० मा प्रकाशित

वाशिंगटन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का निर्देशक ट्रेडोस ग्रेबेसियसले उत्तरी गोलार्द्धमा कोरोनाको स्थिति अत्यन्तै खराब रहेको बताएका छन् ।

उनले भने, ‘केहि महिना अत्यन्तै बढ्ने छ । हामी नेताहरुलाई आग्रह गर्छौँ कि पछिल्ला जोखिम कम गर्नको लागि काम गर्नुहोस् । स्वास्थ्य सेवा ध्वस्त छन् र स्कूल पुनः बन्द गर्नुपर्ने छ ।’

लामो समयको लकडाउन र निषेधाज्ञाका कारण पछिल्लो समय सबै क्षेत्र क्रमशः खुल्दै गएको र हेलचेक्राइँ बढेको भन्दै थप सावधानी अपनाउनुपर्नेमा निर्देशक ग्रेबेसियसले आग्रह गरेका हुन् ।

कोरोनाभाइरसका कारण विश्वमा ११ लाख ४७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

एजेन्सी

तपाईँको मत