समाज

दशैँ आशिर्वाद : केटा र केटीहरुको दशैँ आशिर्वाद र अर्थ

काठमाडाैँ । विजयादशमी अर्थात नवरात्रीको दशौं दिन हाे आज । दूर्गा भवानी पूजाको विसर्जन गरि मान्यजनहरुबाट प्रसाद स्वरुप टीका जमरा लगाइएकाे छ र याे क्रम पूर्णीमासम्म चलिरहन्छ ।

भगवान रामचन्द्रले बनबासका बेला दूर्गा स्वरुप महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टीका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिएका थिए । आश्विन शुक्ल दशमीका दिन घडाको जलको अभिशेक लिई दूर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा लगाई भगवान रामले रावणमाथि विजयी प्राप्त गरेका थिए । त्यहि दिनदेखि विजया दशमीका नामले आजको दिन सवैले चामलमा दहि र रातो रंग मिसाएर बनाईएको टिका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिएर दशैं मनाउँदछन् । 

केटाहरुको दशैँ आशिर्वाद र अर्थ

आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||

द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होस् । दशरथको जस्तै श्रेय पाइयोस् । रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् । नहुस राजाको जस्तै ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् । सूर्यका छोरा कर्णजस्तो दानी हुनु, हलोधारी बलरामजस्तै बलवान् हुनु, कुन्तीको छोरा ले जस्तै सत्य बोल्नु । विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु, भगवान नारायण को जस्तै र्कीति हासिल गर्नु !

केटीहरुको दशैँ आशिर्वाद र अर्थ

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी |
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ||

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा भनेको देवीका नामहरु हुन् जसलाई मन्त्रमा म नमस्कार गर्छु भनिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत