प्रेरणा

‘खराब मित्र जनावर भन्दापनि डरलाग्दाे हुन्छ’ - गौतम बुद्ध

[जनावरले केवल हाम्रो शरीरमा नोक्सानी पुर्याउँछ तर खराब मित्रले हाम्रो दिमागमा]

काठमाडौँ । बौद्ध धर्मका संस्थापक गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा एक राजपरिवारमा ५६३ इसा पूर्वमा भएको थियो । गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ गौतम थियो । राजकुमान सिद्धार्थको विवाह यशोधरासँग भएको थियो । उनीहरुको पुत्रको नाम राहुल थियो ।

जब राहुल साना थिए, तब सिद्धार्थ आत्म ज्ञानको प्राप्तिको लागि माता-पिता, पत्नी र पुत्रलाई छोडेर गएका थिए । कयौँ वर्षको तपस्यापछि भारत विहारको बोध गयामा बोधी वृक्षको छहारीमा दिव्य ज्ञान प्राप्त गरे । यसपछि उनी गौतम बुद्ध कहलाए ।

गौतम बुद्धको शिक्षा आजपनि उत्तिकै महत्वपूर्ण र मननयोग्य छन् । बुद्ध दैनिक आफ्ना शिष्यलाई उपदेश दिन्थे । बुद्ध आफ्नो प्रवचनमा क्रोध, अहँकार, लोभ, शत्रुतालाई त्याग्ने कुरा गर्थे । उनको विचार अनुशरण गरेर हामी जीवनलाई सत्मार्गको यात्रातर्फ लैजान सक्छौँ ।

उनका प्रेरक उपदेशहरूः

“सत्यको मार्गमा हिँड्दा हामी दुई मात्र गल्ति गर्न सक्छौँ । पहिलो गल्ति बाटो तय गर्नु र अर्को गल्ति हिँड्न सुरु नै नगर्नु ।”

“जीवन प्राप्त हुनु भाग्यको कुरा हो, मृत्यु हुनु समयको कुरा हो, तर मृत्युपछि मानिसको मनमा जीवित रहनु, यो हाम्रो कर्मको कुरा हो ।”

“तीन चिज धेरै समयसम्म लुकाउन सकिँदैन । यी चिज सूर्य, चन्द्र र सत्य । घृणाले घृणा कम हुँदैन, प्रेम घटाउँछ । यहि सत्य हो ।”

“हामी चाहे जति नै राम्रा किताब पढौँ, जति नै राम्रा शब्द सुनौँ, तर जबसम्म त्यसलाई आफ्नो जीवनमा उतार्दैनौँ, तबसम्म त्यसको कुनै फाइदा हुँदैन ।”

गाउँ सहर डेस्क

रमेश मल्ल लेख्नुहुन्छ ३ कार्तिक, २०७७ २:४६ pm

बुद्धकाे सन्देश विश्वभर अनुसरण गराैँ ।

Om Bahadur Gurung लेख्नुहुन्छ ३ कार्तिक, २०७७ २:४४ pm

“तीन चिज धेरै समयसम्म लुकाउन सकिँदैन । यी चिज सूर्य, चन्द्र र सत्य । घृणाले घृणा कम हुँदैन, प्रेम घटाउँछ । यहि सत्य हो ।”

Yubaraj Shrestha लेख्नुहुन्छ ३ कार्तिक, २०७७ २:४३ pm

Om Shanti

तपाईँको मत