स्वास्थ्य

नयाँ दावी - अविवाहित पुरुषमा कोरोना संक्रमणबाट मृत्युको खतरा बढी

[न्यून आय भएका र कम पढलेख पनि जोखिममा]

अविवाहित पुरुषमा कोरोना भए विवाहितको तुलनामा मृत्युको खतरा बढी छ । यो दावी स्वीडेनमा भएको एक अध्ययनमा गरिएको छ ।

वैज्ञानिकले यस्ता कयौँ तत्व जताएका छन कि तपाईं कोरोना जोखिममा हुनुहुन्छ वा हुनुहुन्न । वैज्ञानिकका अनुसार, यदि तपाईं पुरुष हुनुहुन्छ, निम्न आयवर्गको प्रतिनिधित्व गर्नुहुन्छ, अविवाहित हुनुहुन्छ, पढलेख कम गरेको हुनुहुन्छ भने कोरोनाबाट मृत्युको खतरा बढी हुन्छ ।

अविवाहितलाई किन खतरा ?

अनुसन्धान गर्ने स्वीडेनको स्टकहोम यूनिभर्सिटीका शोधकर्ता स्वेन ड्रेफाल भन्छन्— यी सबै तत्वले कोरोनाबाट मृत्युको खतरा बढाउँछ । यो अनुसन्धान स्वीडेनको नेशनल बोर्ड अफ हेल्थको आंकडाको आधारमा गरिएको हो । आंकडानुसार, कोरोनाबाट मृत्यु हुने यसरी नै पुरुषको संख्या बढी थियो, उनीहरुको उमेर २० वर्ष वा सो भन्दा माथि थियो ।

पुरुषमा खतरा यसकारण पनि

स्वीडेनको यो अनुसन्धान बताउँछ— महिलाको तुलनामा पुरुषमा कोरोनाको खतरा दुइगुणा भन्दा बढी छ । तर विवाहित भए थोरै कम छ । वैज्ञानिकका अनुसार, जुन महिला र पुरुषको विवाह भएको छैन उनीहरुमा खतरा डेढदेखि दुइगुणा सम्म हुन्छ । योभन्दा पहिलो आएको अनुसन्धान भन्छ— एकल र अविवाहित व्यक्ति कयौँ तरिकाको विरामीबाट गुज्रन्छन्, यसकारण उनीहरुको मृत्युदर बढी छ ।

विदेशको तुलनामा स्वीडेनमा जन्मेकामा खतरा बढी

जर्नल नेचर कम्युनिकेशनमा प्रकाशित अनुसन्धानमा शोधकर्ता ड्रेफलले भने— विदेशको तुलनामा जो व्यक्ति स्वीडेनमा जन्मिएका छन, उनीहरुमा खतरा बढी छ । कोरोनाबाट खतराको सम्बन्ध व्यक्तिको निम्न स्तरको शिक्षा र कम आय वर्गका मानिसहरुसँग पनि जोडिएको छ । यीनिहरुमा मृत्युको खतरा बढी छ ।

वैज्ञानिकको तर्क छ कि महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुन्छ, किनकी उनीहरुको शारीरिक बनोट र जीवनशैली फरक हुन्छ । कम शिक्षित र आय कम हुँदा उनीहरुको जीवनशैली र स्वास्थ्य बढी बिग्रन्छ । उनीहरु आफ्नो स्वास्थ्यमा ध्यान दिँदैनन, यसकारण खतरा बढी छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत