स्वास्थ्य

‘कोरोनाले दुई तरिकाले बिगार्दछ मानसिक स्वास्थ्य’

काठमाडौँ । कोरोनाले दुई तरिकाले दिमागमा असर गरिरहेको छ । पहिलो, रोगीको दिमागसम्म आफ्नो असर छाडिरहेको छ । उनीहरुमा टाउको दुख्ने केश आइरहेका छन् । अर्को, उनीहरुमा तनाव र डिप्रेशनको केश बढिरहेको छ जुन संक्रमणबाट डर भइरहेको छ । कोरोनाको कारण जागीर कटौति हुँदा समस्या छ र महामारीमा एक्लै भएका छन् ।

आज विश्व मानसिक दिवस, मनोविद एवं चिकित्सकका अनुसार, दुई तरिकाले मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्दछ ।

पहिलोः कोरोना दिमागको लागि कति खतरनाक, यी बुँदा हेर्नुहोस्ः

  1. नाकको माध्यमबाट दिमाग सम्म पुगेर आफ्नो संख्या बढाउन सक्छ कोरोना,
  2. विरामी आफ्नो नामसम्म बताउन सक्दैन, परीक्षणबाट पत्ता लाग्यो ब्रेन स्ट्रोक,
  3. संक्रमणपछि टाउको दुख्न सुरु भयो, जाँच गर्दा दिमागी सूजन थियो,
  4. कोरोनाको विरामीमा ब्रेन स्ट्रोक, दिमागमा रगत जम्ने लक्षण पनि देखियो ।

दोस्रोः घरमा बस्दाबस्दा डिप्रेसन, तनाव र छट्पटी:

मनाेविद् पदम जोशी भन्छन्— कोरोनाकालमा डिप्रेशन तथा तनाव कयौँ कारणले बढ्ने गर्दछ । कसैलाई संक्रमणको डर छ भने कोहिको जागीर गूमेको चिन्ता छ । केहि व्यक्तिमा लामो समय घरमा बसेर दिक्क छन भने कसैको घरमा पोजेटिभ केश भएर तनावमा छन् । यो तनाव अहिले पनि पूर्णतया मनबाट निस्किएको छैन । यसकारण जबसम्म भ्याक्सिन हुँदैन तबसम्म सुरक्षानै भ्याक्सिनको काम गरिरहेको छ ।

डा. यन्जन गैह्रेका अनुसार— हरेक समय उदास रहनु, काममा मन नलाग्नु, भोक र प्यासको होश नहुन, जहिल्यै नकारात्मक कुरा गर्नु मानसिक असन्तुलनको लक्षण हुनसक्छ । यसको अलवा हरेक चिजमा कमी, धेरै समय सुत्नु जस्ता लक्षणबाट पनि सचेत हुनुपर्छ । पारिवारिक सदस्य वा कोहि नजिकमा यो लक्षण देखिएमा मनोरोग चिकित्सकको सल्लाह लिनुपर्छ ।

मानसिक स्वास्थ्य चुस्त राख्ने यी पाँच तरिकाहरूः

  1. आफन्तसँग कुरा गर्न नछाड्नुहोस्,
  2. आफैँलाई व्यस्त राख्नुहोस्,
  3. अधूरा काम पूरा गर्नुहोस्,
  4. संगीत सुन्नुहोस्,
  5. हर समय घरमा बन्द रहनु पनि ठिक होइन ।

गाउँ सहर डेस्क

तपाईँको मत