स्वास्थ्य

आँखाजस्ताे कुरा ख्याल ख्याल नगर्नुहाेस्, यसरी गर्नुहाेस् सुरक्षा

काठमाडाैं । शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो आँखा । सबै अंगको आ-आफ्नै महत्व छ । हाम्रो शरीरमा आँखा महत्वपूर्ण पाटो हो । तर आँखामा के कारणले क्षति पुग्छ, कसरी यसको दृष्टि सुरक्षित राख्ने भनेर खासै सरोकार राखेको पनि पाइदैन । 

धेरैलाई लाग्न सक्छ आँखा त बुढाबुढी भएपछि कमजोर हुन्छ, त्यो बुढाबुढीलाई लाग्ने रोग हो । तर, कुरा त्यस्तो होइन । बाल आँखा स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण र संवेदनशील हुन्छ जति प्रौढ र बृद्धबृद्धाको । खासगरी मोबाइल, ल्यापटप जस्ता आधुनिक उपकरणको उपलब्धता आँखाको लागि हानिकारक बन्देछ । मान्छेहरु टेलिभिजन अगाडि झुम्मिन्छन् । मोबाइलमा घण्टौं बिताइदिन्छन् । ल्यापटप एवं कम्प्युटरमा बसेपछि रात बितेको पत्तो पाउँदैनन् । यसरी स्क्रिनसँग जति–जति निकटता र लगाव बढ्दैछ, उत्तिनै आँखाको दृष्टि गुमाउने जोखिम बढ्दैछ ।

शहरी क्षेत्रमा धुलो–धुँवा एवं प्रदूषण थपिएको छ, जसले आँखाको दृष्टि खराब गरिरहेको छ । हाम्रो जीवनशैली, खानपान आदिले पनि आँखाको दृष्टिलाई प्रभाव पार्ने बताइन्छ ।

आँखामा देखा पर्ने महत्वपूर्ण रोगका लक्ष्यणहरू 

१. आँखाको कालो नानीमा सेतो देखिनु

२. कुनै पनि वस्तु हेर्दा मुन्टो तथा अनुहार बङ्ग्याउनु

३. आँखा छड्के देखिनु

४. आँसु आउनु, धेरै आँखा झिम्क्याउनु वा रातो हुनु

५. आँखा चिलाइरहनु

६. टेलिभिजनलाई नजिकबाट हेर्नु ।

आँखालाई कसरी सुरक्षित राख्ने ?

यदि कुनै बच्चामा यस्ता लक्षणहरु देखिएमा तुरुन्तै आँखा जाँच गराउनु पर्दछ । त्यसबाहेक, सबै बालबालिकाका आँखा कम्तिमा पनि जन्मेको ४५ दिन देखि दुई महिनामा एक पटक, ६ महिनामा एक पटक, स्कूल भर्नाको समय (३-४ वर्ष) मा एक पटक जँचाउनु पर्छ ।

पछि ८-१० वर्ष नपुगुन्जेलसम्म प्रत्येक वर्ष आँखा जाँच गराउनु पर्छ । यसका साथै कम तौल भएका र उमेरभन्दा पहिले जन्मिएका शिशुहरु (प्रिम्याच्योर बेबी) को आँखा जाँच जन्मेको एक महिनादेखि ६ हप्ताभित्रमा गराउनु पर्दछ ।

- राज्यले प्रदूषण नियन्त्रण, धूलोरधुँवाकोव्यवस्थापन , सामुदायिक स्वास्थ्य र सरसफाइ विशेष ध्यान दिनुपर्छ । 

धूलो र धुवाँबाट बच्न मुखमा माक्स लगाए जस्तै आँखामा पनि प्रोटेक्टिभ ग्लास लगाउनुपर्छ । बाहिरबाट आएपछि सफा पानीले आँखापखाल्नुपर्छ । 

आँखामापोहोर पस्यो भने सफा पानीले पखाल्नुपर्छ।यस्तो अवस्थामा आँखा मिच्ने गल्ती गर्नु हुँदैन । पानीले सफा गर्दा फोहोर गएन भने तत्काल चिकित्सकको सहयोग लिनुपर्छ ।

आँखाकोदृष्टि काम भयो, आँखा रातो हुने आँखा दुख्यो, पोल्यो र टाउको दुख्यो भने पनि चिकित्सकलाई आँखा देखाउनुपर्छ।नेपालमा टाउको दुख्ने बित्तिकै सिटी स्क्यान, एमआरआईगर्ने चलन छ । तर यसको मुख्य कारण आँखा हुन सक्छ भनेर कसैले सोचेको हुँदैन । आँखाकै कारण टाउको दुख्यो समस्या बढी हुन्छ । 

- कम्प्युटर लगायतका इलेक्ट्रोनिक  डिभाइसप्रयोगगर्दा प्रत्येक बिस मिनेटमा बिस सेकेन्ड आँखा बन्द गरेर भित्र घुमाउनुपर्छ । प्रत्येक घण्टामाएक मिनेट आँखालाई आराम दिनुपर्छ । एक मिनेटको समय आँखा घुमाएर टाढा र खुल्ला ठाउँमा हेर्नुपर्छ । कम्प्युटरको स्क्रिन पनि ब्राइट गर्नु हुँदैन ।  

- कम्प्युटर चलाउँदा एन्टी रिफ्लेक्टिभ कोड (एआरसी) भन्ने चस्मा पाउँछ त्यो लगाउँदा आँखालाई सुरक्षित राख्न सकिन्छ । बच्चाहरुलाईयस्तो चस्मा प्रयोग गर्न लगाउनुपर्छ । 

- खानपिनमा विशेष ध्यान दिन सक्यो भने आँखा कमजोर हुने समस्या कम हुन्छ । 

मधुमेह भएका बिरामीले तुरुन्तै आँखा देखाउनुपर्छ । मधुमेह भएको बिरामीले आँखामाचासो नदिँदा अथवा थाहा नपाउँदा अन्तिम अवस्थामा मात्र आँखा सम्बन्धी चिकित्सकलाई देखाउने गर्छन् । यस्तो अवस्थामा आँखाको नशा फुटिसकेको हुन्छ र आँखाको उपचार गर्न निकै कठिनाइ हुन्छ । 

सबैभन्दा ठुलो विषय भनेको आँखालाई सङ्क्रमण हुनबाट जोगाउनुपर्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत