प्रेरणा

आमा-बुवाले बच्चातर्फ ध्यान नदिए भविश्य खतरा हुनसक्छ, सन्तानलाई सुख/सुविधा होइन उत्कृष्ट संस्कार जरुरी

काठमाडौँ । परिवारमा आमा-बुवाको भूमिकाले बच्चाको भविश्य खराब हुनसक्छ । सन्तानको सुख/सुविधाभन्दा राम्रो संस्कार जरुरी हुन्छ । हरेक परिवारले यो शिक्षा महाभारतबाट सिक्न सकिन्छ ।

महाभारतमा पाण्डव र कौरब, दुई पक्ष छन् । दुबै एकै कुटुम्बबाट थिए । तर, दुबै पक्षका सन्तानहरुमा जमिन र आकाशको फरक थियो ।

गान्धारी गान्धारकी राजकुमारी थिइन् । उनको विवाह धृतराष्ट्रसँग भएको थियो । गान्धारीलाई विवाह पहिला धृतराष्ट्र नेत्रहीन भएको कुरा थाहा थिएन । जब गान्धारी विवाहपछि हस्तिनापुर आइन र मात्र थाहा पाइन कि धृतराष्ट्र नेत्रहीन छन् । पति देख्न सक्दैन भन्ने थाहा पाएपछि उनले पनि म पनि संसार हेर्ने छैन भनेर प्रतिज्ञा लिइन । यसपछि गान्धारीले आँखामा पट्टी बाँधिन् ।

त्यसपछि धृतराष्ट्र र गान्धारी दुबै हेर्न सक्दैनथे । यी दुईका सयौँ पुत्र भए । दुर्योधन सबैभन्दा ठूला थिए । माता-पिता दुबैले सन्तानको सम्बन्धमा लापरवाही गरे । सबैलाई भरपुर सुख/सुविधा दिए । दुर्योधनसँग उनीहरुको विशेष लगाव थियो । एकको अन्धो हुनु नराम्रो थिए तर यहाँ त दुबै अन्धा भइसकेका थिए । यो अवस्थामा बच्चाहरुको गलत काम माता-पितालाई देखिएन र सबै पुत्र अधर्मी भए ।

अर्कोतिर पाण्डव पुत्र थिए । उनीहरुको लालनपोषण कुन्तीले गरेकी थिइन् । पाण्डव पुत्रहरुको बाल्यकाल अभावमा बिते । दुर्योधन सुरुबाटै पाण्डवहरुमा अवरोध सिर्जना गर्दथे । तर, पाण्डवले आफ्नो संस्कार र बुद्धिमानीले सबै वाधालाई दूर गर्दथे । यस्तै विवादबीच दुबै परिवारका बच्चा ठूला भए । दुर्योधन अहंकारी भएका थिए । पाण्डवलाई संस्कारको कारणले श्रीकृष्णको कृपा मिल्यो ।

महाभारतको युद्धमा श्रीकृष्णको कृपा र धर्मको अनुसार गरिएको कर्मले पाण्डवले कौरवलाई हराए ।

परिवारमा सन्तानलाई सुख/सुविधा दिनुहोस्, तर उनीहरुको संस्कारमा विशेष ध्यान दिनु पर्दछ । तबमात्र उनीहरुको भविश्य सुखी र सफल हुन सक्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत