स्वास्थ्य

विश्वभर काेराेना भाइरसबाट संक्रमितमध्ये ७५ प्रतिशत निकाे भए, झण्डै ३ प्रतिशतकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७८ लाख ४१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ७१ लाख ४५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ६० लाख ४१ हजार नाघेको छ भने मृतकको संख्या १० लाख ५४ हजार ६०४ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६७ हजार ८०२ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७७ लाख २२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४९ लाख ३५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ६९ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६७ लाख ५४ हजार १७९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४ हजार ५९१ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५७ लाख ४१ हजार २५३ जना निको भएका छन् । सक्रिय केस ९ लाख ८ हजार ३३५ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ४९ लाख ७० हजार जना संक्रमितमध्ये ४३ लाख ५२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४६ हजारभन्दा बढी छन् । 

नेपालमा भाइरस संक्रमित ९० हजार ८१४ जना पुगेका छन् भने ६७ हजार ५४२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ५६३ पुगेको छ भने २२ हजार ७०९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत