प्रेरणा

जहाँ मित्र र सम्बन्ध हुँदैन, जहाँ विद्या प्राप्त हुँदैन - त्यहाँ बस्नु हुँदैन

काठमाडौँ । आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा जीवनलाई कसरी सुखी र सफल बनाउने सुत्र बताएका छन् । उनकाे नीतिलाई अपनाएर हामी अनेकन समस्याहरु भगाउन सक्छौँ ।

चाणक्यका जीवनउपयोगी मन्त्रहरू

“नराम्रो स्वभाव भएको जीवन साथी, मूर्ख मित्र, अगाडि बोल्ने नोकरको कारण र सर्प भएको घरमा बस्दा भयङ्कर कष्टको सामना गर्नुपर्दछ ।”

“समस्यालाई दूर गर्नको लागि धनलाई बचाउनु पर्छ । धनबाट पनि बढि जीवन साथीको रक्षा गर्नु पर्दछ । तर, सबैभन्दा पहिले आफ्नो रक्षा गर्नु पर्दछ । हामी सुरक्षित रहेमात्र सबै सुरक्षित हुन सक्छन् ।”

“जुन स्थानमा मान-सम्मान मिल्दैन, जहाँ धन कमाउने साधन हुँदैन, जहाँ मित्र र सम्बन्ध हुँदैनन्, जहाँ विद्या मिल्दैन, त्यहाँ निवास गर्नु हुँदैन ।”

“जो व्यक्ति निश्चित वस्तुलाई छाडेर अनिश्चित वस्तुको नजिक जान खोज्छ, उसले जहिल्यै दुःख पाउँछ । यस्तो अवस्थामा जुन चिज व्यक्तिको नजिक छ, त्यो पनि नष्ट हुने गर्दछ र अनिश्चित चिज त कहिल्यै मिल्दैन ।”

गाउँ सहर डेस्क

तपाईँको मत