प्रेरणा

हामी राम्रा कुरालाई याद गर्दैनौँ भने नराम्रो कुरापनि याद गर्नु हुँदैन, तबमात्र परिवार सुखी हुन्छ

काठमाडौँ । घरमा प्रेम तथा सुख बनाउनु छ भने परिवारका सबै सदस्यबीच आपसी तालमेल हुनु जरुरी हुन्छ । साना-साना कुराको कारण हुने विवादले सम्बन्ध विगार्नु हुँदैन । यसै सम्बन्धमा एक प्रेरक कथा मनन गरौँ ।

विवाह भएको केहि दिन त सबै ठिकै रह्यो तर दुबै भाईका पत्नीबीच झगडा हुन थाल्यो । दैनिकको झगडाले दिक्क भएर माता-पिता विरामी भए र उनीहरुको मृत्यु भयो । मातापिताको मृत्युपछि दुबै भाइले अंशबण्डा गरे ।

दुबैको पसल नजिक नजिक नै थियो । दुबै भाई दैनिक आफ्नो पसल आउँथे तर कुराकानी गर्दैनथे । यसैगरी कयौँ वर्ष बिते । सानो भाइको छोरीको विवाह तय भयो । उसकी पत्नीले भनि—ठूलो भाइलाई पनि विवाहमा बोलाउनु पर्छ ।

सानो भाइले सबै विवाद भूलेर ठूलो भाइलाई विवाहमा आमन्त्रण गर्न गए, तर उनले विवाहमा आउन मनाहि गरे । यो कुराले सानो भाई दुखी भए । उनलाई थाहा भयो कि भाई कुनै सन्तको प्रवचन सुन्न जान्छन् । उनीपनि सन्तकोमा गए र पुरै कुरा सुनाए ।

सन्तले भने— ठिक छ म तिम्रो भाइलाई सम्झाउने कोशिश गर्छु । जब ठूलो भाई सन्तकोमा पुगे तब सन्तले सानो भाइको विवाहमा जान भने । ठूलो भाइले सन्तलाई भने— म रिसाएको छु, उसले मसँग झगडा गरेको थियो ।

तब सन्तले भने— यो बताउ पछिल्लो हप्ता सत्संगमा कुन कथा सुनाएको थिएँ ? ठूलो भाइले भन्यो— अनेक व्यवहारले गर्दा मैले भूलेँ ।

सन्तले भने— तिमी एक हप्तको कुरा त याद गर्दैनौ तर सानो भाइको नराम्रो कुरा यति वर्ष हुँदापनि भूलेका छैनौ । परिवारमा राम्रो—नराम्रो त भइनैरहन्छ तर राम्रा कुरा याद राख्नु पर्छ र नराम्रा कुरा बिर्सनु पर्छ । तबमात्र परिवारमा प्रेम र सुख प्राप्त हुन्छ ।

सन्तले त्यति भनिसकेपछि ठूलो भाइले आफ्नो गल्ति बुझे । त्यसपछि सन्तको आज्ञा लिएर आफ्नो सानो भाइको घरमा पुगे र दुबै भाइको झगडा सकियो ।

गाउँ सहर डेस्क

तपाईँको मत