स्वास्थ्य

विश्वभर काेराेना संक्रमित ६५ हजारकाे अवस्था गम्भीर, १० लाख १८ हजारकाे मृत्यु, ७७ लाख जनामा भाइरस सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७७ लाख ९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ५४ लाख २५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ४१ लाख ५३ हजार नाघेको छ भने मृतकको संख्या १० लाख १८ हजार ७३९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६५ हजार ८७५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७४ लाख ४७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ११ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४६ लाख ९९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ३५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६३ लाख १० हजार २६७ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ९८ हजार ७०३ जनाको ज्यान गइसकेको छ । जसमध्ये ५२ लाख ७० हजार ७ जना निको भएका छन् । सक्रिय केस ९ लाख ४१ हजार ५५२ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ४८ लाख १३ हजार जना संक्रमितमध्ये ४१ लाख ८० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४३ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित ७७ हजार ८१७ जना पुगेका छन् भने ५६ हजार ४२८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४९८ पुगेको छ भने २० हजार ८९१ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत