प्रेरणा

“सबैसँग विनम्र रहनु ; थाेरैसँग नजिकको सम्बन्ध बनाउनु, यसमध्ये पनि केहि व्यक्तिमा मात्र भरोसा गर्नुपर्छ”

काठमाडौँ । जर्ज बाशिंगटन अमेरिकाका पहिलो राष्ट्रपति थिए । उनी ८ वर्ष अर्थात १७८९ देखि १७९७ सम्म राष्ट्रपति रहे । उनलाई फादर अफ अमेरिका पनि भनेर चिनिन्छ । उनको जन्म १७३२ मा २२ फेब्रुअरीमा भएको थियो । उनले अमेरिकालाई ब्रिटिश शासनबाट छुटकारा मिलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

जर्ज वाशिंगटनले अमेरिकी स्वतन्त्रताको लागि लामो लडाइँ लडे र अमेरिकी सेनाको नेतृत्वपनि गरेका थिए । उनको प्रयासले नै अमेरिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । उनको मृत्यु १४ डिसेम्बर १७९९ मा भयो ।

जर्ज वाशिंगटन र उनका केहि विचारः

“सबैसँग विनम्र रहनु पर्दछ, तर थाेरैसँग नजिकको सम्बन्ध बनाउनु पर्दछ । यसमध्ये पनि केहि व्यक्तिमा मात्र भरोसा गर्नुपर्छ ।”

“आफ्नो हृदयका सबै दुःख-पीडा महशुष गर्न दिनुहोस्, तर आफ्नो हातलाई बटुकाको हिसावले दान गर्न दिनुहोस् ।”

“साँचो साथको बोट सँधै विस्तारै विस्तारै बढ्छ र यदि कोहि व्यक्ति साँचो साथ चाहन्छ भने उसलाई पहिले समस्याको सामना गर्नुपर्ने हुन्छ ।”

“बेकारको बहाना बनाउनुभन्दा राम्रो हामी कुनै बहाना नै नबनाउनु ।”

“आफ्नो सम्मान चाहनुहुन्छ भने राम्रो गुण भएकाहरुसँग संगत गर्नुहोस, किनकी नराम्राको संगतभन्दा एक्लै बेश ।”

गाउँ सहर डेस्क

तपाईँको मत