पूर्वाधार

विश्वभर काेराेना : ३ करोड १२ लाख जना संक्रमित, २ करोड २८ लाख निकाे, ९ लाख ६४ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७४ लाख ४१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड २८ लाख १७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड १२ लाख २३ हजार नाघेको छ भने मृतकको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ४६४ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ७० लाख ४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार २० जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ४२ लाख ५० हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ५४ लाख ८५ हजार ६१२ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ८७ हजार ९०९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ४३ लाख ९२ हजार ६५० जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ६४ हजार १२२ जना पुगेका छन् भने ४६ हजार २३३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४११ पुगेको छ भने १७ हजार ४७८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत