स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये २ कराेड ८ लाख जना निकाे, ९ लाख २४ हजारकाे मृत्यु, ७२ लाखमा अझै सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ७२ लाख ८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ८ लाख ७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ८९ लाख ४० हजार नाघेको छ भने मृतकको संख्या ९ लाख २४ हजार ५६९ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६० हजार ८९० जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६६ लाख ७६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ९८ हजार १२८ जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार ३६६ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३९ लाख ५० हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ४७ लाख ५१ हजार ७८८ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ७८ हजार ६१४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ३६ लाख ९९ हजार २९८ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ५३ हजार १२० जना पुगेका छन् भने ३७ हजार ५२४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३३६ पुगेको छ भने १५ हजार २६० जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत