विश्व

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढि ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित

  • एजेन्सी
  • २६ भदौ शुक्रबार, २०७७ | १३:५१:०० मा प्रकाशित

भारतमा कोरानाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ । 

एजेन्सी

तपाईँको मत