स्वास्थ्य

यसरी आइपुग्नेछ कोरोनाको खोप, चुनाैतिले भरिएकाे यस्तो हुन्छ बाटो

काठमाडौँ । संसारभर अहिले जताततै कोरोना खोपको बारेमा चर्चा भइरहेको छ । किन पनि नहोस विश्व अहिले भाइरसका कारण अहिलेसम्मकै बढि प्रताडित बनेको छ । नेपालसमेत धेरै देशहरु यस वर्षको अन्त्य सम्म खोप आउन सक्ने कुरा गरिरहेका छन् । तर खोप तयार गर्न जति चुनौतिपूर्ण छ उति नै यसलाई आम मानिसमा पुर्याउन ।

खोपको बाटो त्यति सजिलो छैन । यसले कयौँ चरण पार गरेरमात्र जनतासम्म पुग्न सक्छ । यसको तयारीमा वर्षौँ लाग्नसक्छ । तपाईंसम्म कोरोना खोप कसरी पुग्छ ? जान्नुहोस् ।

१. भाइरसको खोजी

सबैभन्दा पहिले शोधकर्ता यो पत्ता लगाउँछन कि भाइरस कोशिकालाई कसरी प्रभावित गर्दछ । भाइरस प्रोटिनको संरचनाबाट देखिन्छ कि के प्रतिरोधात्मक क्षमता बढाउनको लागि त्यहि भाइरसको प्रयोग हुन सक्छ ? त्यो एन्टिजनलाई पहिचान गर्दछ, जुन एन्टिबडीज बनाएर इम्यूनिटी बढाउन सक्छ ।

२. प्रि-क्लिनिकल डभलपमेन्टमा जनावरमा परीक्षण हुन्छ

मनुष्यभन्दा पहिले कुनैपनि खोप वा औषधि सुरक्षित छ छैन भनेर जनावरमा परीक्षण गरिन्छ । यसमा सफलता प्राप्त भएपछि मात्र अर्को चरण सुरु हुन्छ, जसलाई फेज वान सेफ्टी ट्रायल्स भनिन्छ ।

क्लिनिकल ट्रायलः यसमा पहिलो पटक मानिसमा परीक्षण हुन्छ, यसका पनि ३ चरणहरु हुन्छन्ः

  • पहिलो चरणः १८ देखि ५५ वर्षका २०—१०० स्वस्थ मानसिमा परीक्षण हुन्छ । यसमा पर्याप्त इम्यूनिटी बनिरहेको छ छैन हेरिन्छ ।
  • दोस्रो चरणः १०० भन्दा बढि मानिसमा ट्रायल हुन्छ । बच्चा, वृद्धापनि समावेश हुन्छन् । यसबाट असर हेरिन्छ ।
  • तेस्रो चरणः हजारौँ व्यक्तमा खुराक दिइन्छ । यसै ट्रायलबाट थाहा हुन्छ कि खोप भाइरसबाट बचाइरहेको छ या छैन । सबैकुरा ठिक भए खोप सफल भएको घोषणा गरिन्छ । अप्रूभल पाएपछि उत्पादन सुरु हुन्छ ।

३. सुक्खा वरफ वा जमेको कार्बन-डाइअक्साइडमा राखिन्छ खोप

खोप तयार भएपछि यसलाई विशेष तरिकाले इंसुलेटेड डिब्बामा निकालिन्छ । खोपलाई चिसो राख्नको लागि सुक्खा बरफ वा जमेको कार्बन-डाइअक्साइड भएको डिब्बामा राखिन्छ ।

यो डिब्बालाई ठूला फ्रिजरमा राखिन्छ । यो फ्रिजर जहाँ हुन्छ त्यहाँ काम गर्नेले पीपीई किट लगाएर काम गर्दछन् । मास्क, ग्लोब्स र चस्मा अनिवार्य हुन्छ नत्र यतिविघ्न चिसो ठाउँमा काम गर्न सजिलो हुँदैन ।

४. -२० डिग्री राखिन्छ स्टेरेट रुमको तापक्रम

यो अर्को चरण हो । अब इंसुलेटेड डिब्बामा सुक्खा बरफ हालेर फेरि प्याक गरिन्छ र जहाँ आवश्यक छ त्यहाँ पुर्याइनेछ । जुन स्थानमा यसलाई राख्ने हो, त्यहाँको तापक्रम -२० डिग्रीसम्म चिसो राख्नु पर्दछ । सामान्यतयाः बाँकी खोपको लागि २ देखि ८ डिग्रीको तापक्रम आदर्श मानिन्छ ।

५. काँचको शिशामा खोप राख्नको लागि फ्रिज पनि चुनौति
खोपको उत्पादक र बितरकलाई धेरै चुनौति छ । केवल काँचको शिशामात्र होइन सबै अँटाउन सक्ने फ्रिजपनि चाहिन्छ ।

संसारभरमा १७० खोपमा काम हुँदै

विश्व स्वास्थ्य संगठनका अनुसार, यो समय संसारभरमा करिब १७० खोपमा काम चलिरहेको छ, जसमा ३० को क्लिनिकल ट्रायल भइरहेको छ । यसमध्ये सबै खोप त्यस्ता छैनन जसलाई -८० डिग्री सेल्सियसमा स्टोर गर्नु परोस् । तर स्टोरेज कम्पनीको कोशिश यो छ कि चाहे जस्तोपनि खोप बनेको छ त्यसलाई आम मानिसमा पुर्याउनको लागि भण्डारणको कमीले ढिला भने हुनुहुँदैन । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत