प्रेरणा

चाणक्य नीति : अभ्यासबिनाको ज्ञान बेकार

काठमाडौँ । आचार्य चाणक्यद्वारा रचित नीति शास्त्रको चौथो अध्यायको १५ औँ नीतिमा अभ्यासको महत्व बताएका छन् । उनले लेखेका छन्-

अनभ्यासे विषं शास्त्रमजीर्णे भोजनं विषम्।
दरिद्रस्य विषं गोष्ठी वृद्धस्य तरुणी विषम्।।

अर्थात, अभ्यासबिनाको ज्ञान बेकार हुने गर्दछ । जबसम्म ज्ञानको अभ्यास गरिँदैन, तबसम्म उसको सहि उपयोग गर्न सकिँदैन ।

यदि कुनै व्यक्तिको पेट खराब छ भने चाहे राम्रो खाना नै किन नहोस विषजस्तै काम गर्दछ । पेट खराब हुँदा खाना खाए खाना पच्न सक्दैन र स्वास्थ्य थप बिग्रन्छ ।

कुनै गरिबको लागि समारोह विष जस्तै हुन्छ । गरिबसँग राम्रो कपडा हुँदैन र उ कुनै कार्यक्रममा जाँदा अपमानित हुनुपर्ने हुनसक्छ ।

चाणक्य भन्छन् कि वृद्ध पुरुषले कम उमेरकी महिलासँग विवाह गर्नु हुँदैन । यस्तो विवाह सफल हुने सम्भावना धेरै कम हुन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत