प्रविधि

४ करोड माथि इमेल प्रयोगकर्ता : वर्चश्व जिमेलकै, शानकाे लागिमात्र इन्फाे

काठमाडाैँ । इन्टरनेट विश्वको पहिलो आवश्यकता बन्दैछ । वैश्विक तथ्याँक हेर्दा करिब ४ करोड बढिले इमेल प्रयोग गर्दछन् र साे संख्या काेराेनाभाइरस जस्ता राेग र त्यहिँमाथि सामाजिक दुरीकाे पालनाले गर्दा ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

इन्टरनेट वर्ल्ड स्टेटसको सन् २०१९ कै तथ्यांक हेर्ने हो भनेपनि चार अर्ब ५७ करोड ४१ लाख ५० हजार १३४ बढिले इन्टरनेट चलाउँछन् । यसमा एशियामा ५०.३, यूरोपमा १५.९, अफ्रिकामा ११.५, ल्याटिन अमेरिकामा १०.१, नर्थ अमेरिकामा ७.६, मिडिल इस्टमा ३.९ र ओसानिका/अस्ट्रेलियामा ०.६% ले इन्टरनेट चलाउँछन् । 

यसरी हेर्दा एशियामा मात्रै २ अर्ब बढिले इन्टरनेट चलाउँछन् । नेपालमा एक करोड ६१ लाख ९० हजार इन्टरनेट यूजर्स छन् जुन एशियाको इन्टरनेट यूजर्स प्रतिशतको ०.७ हो । नेपालको जनसँख्यालाई आधार मान्दा ५५.६% इन्टरनेट यूजर्स छन् ।

इन्टरनेट प्रयोगकर्ताको कुरा गर्दा चीनमा सबैभन्दा बढि प्रयोगकर्ता छन् जहाँ ८५ करोड बढिसँग पहुँच छ । यस्तै भारत जहाँ ५६ करोड बढि, अमेरिका ३१ कारोड बढि प्रयोगकर्ता, इन्डोनेशियामा १७ करोड माथि, ब्राजिल १४ करोड माथि, नाइजेरियामा १२ करोड माथि, जापानमा ११ करोड माथि, रसियामा ११ करोड माथि, बंगलादेशमा ९ करोड माथि, मेक्सिकोमा ८ करोड माथि प्रयोगकर्ता छन् । र नेपालमा एक करोड ६० लाख माथि प्रयोगकर्ता छन् ।

इमेलको कुरा गर्दा ४.३ करोड जिमेल प्रयोगकर्ता छन् । व्यक्तिगत भन्दापनि संस्थागत रुपमा रहेका इन्फोका इमेलहरु त्यति लोकप्रिय देखिएका छैनन् । अधिकांशतले जिमेलबाटै सम्पर्क गर्नाले कम्पनीहरुपनि पूर्ण व्यवसायिक बन्न नसकेको देखिन्छ । फेरि समयमा नहेर्ने र हेर्नै परेपनि इन्फोबाट भन्दा जिमेल, याहू, हटमेल र अन्यबाट सम्पर्क गर्ने वैश्विक तथ्याँकले देखाएको छ ।

इन्फो मेललाई केवल शानको रुपमा प्रयोग गरिएको देखिएको छ । कम्पनीका प्राेफाइलमा कतै नछुटेपनि शाैखसँग यसकाे प्रयाेग गर्ने गरेकाे पाइन्छ । मनलागे खाेल्ने, मननलागे नखाेल्ने परम्पराकाे शिकार बनेकाे छ इन्फाे मेल । अन्तर्राष्ट्रिय मान्यतामा याे मेलकाे ताैल भारी भएपनि यसकाे महत्व र प्रयाेगलाई कुनामा थन्क्याइएकाे छ । नेपालकाे कुरा गर्ने हाे भने त यसकाे प्रयाेग गरिँदैन भन्दापनि हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत