स्वास्थ्य

विश्वभर ६६ लाख भन्दा बढीमा काेराेनाभाइरस सक्रिय, ८ लाख ३५ हजार जनाकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६६ लाख ९६ हजार ६२५ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ७० लाख ९२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ४६ लाख २४ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ३५ हजार ६२७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ४०४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६० लाख ४६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८४ हजार ७९६ जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजार २३१ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३३ लाख ४७ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३३ लाख ८४ हजार ५७५ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६१ हजार ६९४ जनाको ज्यान गइसकेको छ । जसमध्ये २५ लाख ८३ हजार ६३ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ३५ हजार ५२९ जना पुगेका छन् भने २० हजार ७३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १८३ पुगेको छ भने १५ हजार २७३ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत