स्वास्थ्य

विश्वभर काेराेनाभाइरस संक्रमितमध्ये १ करोड ६८ लाख जना निकाे, ६१ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६६ लाख २९ हजार ३१८ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ६८ लाख ७२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ४३ लाख ३१ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख २९ हजार ६३४ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ५६६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६० लाख भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८३ हजार ६५३ जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजार ३७८ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३३ लाख १३ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३३ लाख ७ हजार ७४९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६० हजार ६२९ जनाको ज्यान गइसकेको छ । जसमध्ये २५ लाख २३ हजार ४४३ जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ३४ हजार ४१८ जना पुगेका छन् भने १९ हजार ५०४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १७५ पुगेको छ भने १४ हजार ७३९ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत