जीवनशैली

काेराेनाकाे मुहान यसरी बाैरियाे, वुहानसमेत अन्य शहरमा ‘पूल पार्टी’ गर्न मञ्जुरी

वुहान वाटर पार्ककाे दृश्यः एजेन्सी

काठमाडाैँ । चीनका कयौँ शहरमा पूल पार्टी गर्न छूट दिइएको छ । यसमा केहि सरल शर्तहरु पूरा गरेर एक पटकमा हजारौँ मानिस सहभागी हुन सक्नेछन् । कडा निर्देशनपछि पनि मानिसहरु न मास्क लगाइरहेका छन न सामाजिक दुरीको पालना नै । चिन्ताको कुरा यो छ कि यस्ता पार्टी वुहान शहरमा पनि भइरहेका छन् जहाँ अघिल्लो वर्ष कोरोनाको मुहान बनेको थियो । यहिँबाट संसारभर कोरोना फैलिएको थियो । वुहानको अलवा शाङ्घाई र चाङकिङ्ग शहरमा पनि पूल पार्टी भएको समाचार आइरहेका छन् ।

यो पार्टीमा सहभागी हुन सजिला शर्त छन् । मानिसले नेशनल आईडी नम्बर दिएर अग्रिम अनलाइन टिकट लिन सक्छन् । यसपछि हेल्थ ट्र्याकिंगको लागि सरकारी एपबाट कोड डाउनलोड गरेर देखाएपछि इन्ट्री पाइन्छ ।

सरकारले जूनमा एम्यूजमेन्ट एण्ड वाटर पार्क दोस्रोपटक खोल्ने अनुमति दिएको थियो । तर सबै पार्क अपरेटरलाई भनिएको थियो कि उनीहरु सामाजिक दुरीलाई ध्यानमा राख्न । स्थानीय सञ्चारमाध्यमका अनुसार, अघिल्लो हप्तासम्म काहिँपनि यस्तो पार्टी भएको थिएन । तर महिनौँ दिनबाट बन्द भएका एम्यूजमेन्ट पार्कले आफ्नो कमाइ बढाउनको लागि यस्तो गर्न सुरु गरेका छन् ।

वुहानमा हरेक हप्ता विकेण्डमा यस्तो पार्टी भइरहेको छ । वुहान हेप्पी वेली र माया वाटर पार्कमा हुने पार्टीमा बढि युवा पुग्ने गरेका छन् । यो हप्ता करिब १५ हजार मानिसहरु यो पार्टीमा पुगेका थिए । व्यवस्थापक राम्रो अफर दिइरहेका छन् । युवाहरुलाई टिकटमा ५०% छूट दिइरहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार, अर्का शहरमा पनि हुने यस्ता पार्टीमा एकपटकमा ५ हजार बढि मानिहरु पुग्न थालेका छन् । एजेन्सीको सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत