विश्व

चीनले भन्यो— ब्राजिलबाट ल्याइएका कुखुरामा कोरोनाभाइरस

  • एजेन्सी
  • २९ श्रावण बिहीबार, २०७७ | १४:४०:०० मा प्रकाशित

चीन । चीनले ब्राजिलबाट पठाइएका फ्रोजन चिकनमा कोरोनाभाइरस रहेको दावी गरेको छ । 

अघिल्लो हप्ता इक्वाडोर बाट पठाइएको समुन्द्री झिँगा माछामा पनि संक्रमित भेटिएको बताएको थियो । 

चीनले जूनमा ब्राजिलसमेत केहि अन्य देशको आपूर्तिमा रोक लगाएको थियो । तर, पछि यो निर्णयबाट पछाडि हटेको थियो ।

शेंजनको लोकल डिजीज कन्ट्रोल सेन्टर (सीडीसी) ले नियमित जाँचको समयमा ब्राजिलबाट पठाइएका चिकनको सेम्पल लिएको थियो । जाँचपछि रिपोर्ट पोजेटिभ पाइएको थियो । अधिकारीले बुधबार यो कुराको जानकारी दिए ।

ब्राजिलबाट चिकनसहित पठाइएका अन्य फूड प्रोडक्टसको भने सेम्पल नेगेटिभ आएको छ । यो विषयम ब्राजिलले कुनैपनि प्रतिक्रिया दिएको छैन । 
 

एजेन्सी

तपाईँको मत