स्वास्थ्य

रुसका राष्ट्रपति पुटिनको घोषणा- हामीले भ्याक्सिन बनाएर रजिस्टर्ड गर्यौँ, पहिलो डोज आफ्नो छोरीलाई लगाएँ

आयो संसारकै पहिलो कोरोना भ्याक्सिन

तस्बिरः राष्ट्रपति पुटिन पेज ।

काठमाडौँ । संसारका देशलाई पछाडि छाड्दै रुसले कोरोनाभाइरसको भ्याक्सिन बनाउने दौडमा अगाडि निस्केको छ । मंगलबार रुसी राष्ट्रपति भ्यादिमीर पुटिनले घोषणा गरे, ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौँ र देशमा रजिस्टर्ड पनि गरेका छौँ । मैले आफ्ना दुई छोरीमा एकमा पहिलो भ्याक्सिन लगाएको छु र उनी राम्रो महशुष गरिरहेकी छन् ।’

रुसले आफ्नो भ्याक्सिनको नाम आफ्नो पहिलो सेटलाइट ‘स्पुतनिक वी’ को नाममा राखेको छ । रुसी स्वायत धन निधिका प्रमुखका अनुसार भ्याक्सिनको १ अर्ब डोजको लागि २० भन्दा बढी देशको निवेदन मिलेको बताए । 

रुसी अधिकारीका अनुसार, भ्याक्सिन तय योजना अनुसार रुसको स्वास्थ्य मन्त्रालय र रेग्युलेटरी बडीको एप्रूभल प्राप्त भएको छ । बताइरहिएको छ कि यो भ्याक्सिनलाई सबैभन्दा पहिले फ्रन्टलान मेडिकल वर्कर्स, टीचर्स र जोखिम भएका व्यक्तिमा प्रयोग गरिनेछ ।

रुसले एक महिन पहिले नै यो कुराको संकेत दिएको थियो । १० देखि १२ अगष्टबीच रजिष्टर्ड गर्नेछौँ भनेको थियो । तर अमेरिका र ब्रिटेनले रुसको भरोषा गर्न सकेनन् । उनीहरुले भ्याक्सिनको फर्मूला चोरेको आरोप पनि लगाइरहेका छन् । 

रुसी रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले मिलेर यो भ्याक्सिन बनाएका हुन् । उसका अनुसार सेप्टेम्बरबाट यसको उत्पादन गर्ने र अक्टूबरबाट आम मानिसमा पुर्याउने तयारी गरेको छ ।

रुसी न्यूज एजेन्सी तासका अनुसार, मंगलबार देशका शिर्ष अधिकारीसँगको बैठकमा राष्ट्रपतिले भने, ‘जहाँसम्म मलाई थाहा ट, आज विहान संसारमा पहिलो पटक कोरोनाभाइरसको संक्रमणबाट बचाउन एक भ्याक्सिन रजिस्टर्ड भएको छ ।’ पुटिनले स्वास्थ्य मन्त्री मिखाइल मुराशलाई विस्तृत जानकारी दिन भने । मुराशले भने, ‘मलाई जानकारी दिइएको छ कि हाम्रो भ्याक्सिन प्रभावी तरिकाले काम गर्दछ र उत्कृष्ट इम्यूनिटी पैदा गर्दछ । म दोहोर्याउँछु कि यसले सबै ट्रायल पुरा गरिसकेको छ ।’

यति हुँदापनि अझै ठूलो स्तरको तीन ट्रायल यहि महिना हुने बताइएको छ । तर अझैपनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भ्याक्सिनको बारेमा आशंका व्यक्त गरेको छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत