स्वास्थ्य

मोटोपना र कोरोना : एसीई-२ रिस्पेटरको कारण हाई रिस्क, यी कारण हुन् वजन बढ्ने

काठमाडाैँ । कोरोना र मोटोपनाको सम्बन्ध तपाईं हामीबीच आएको छ । ब्रिटिश बैज्ञानिकले दावी गरेका छन कि बढी वजन वा मोटा व्यक्तिमा कोरोनाभाइरसको खतरा बढी हुन सक्छ । उनीहरुको मृत्युपनि हुनसक्ने आशंका पनि बढी हुन्छ । एक अन्य शोधमा पनि बडी मास इन्डेक्स (बीएमआई) २५ भन्दा बढी भएका व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढी हुने बताइएको छ ।

चिकित्सकका अनुसार जति मोटो हुन्छ उसलाई कोरोनाको रिस्क बढी हुन्छ । पहिले पनि जब इन्फ्लूएन्जा महामारी, स्वाइन फ्लू रोग आएको थियो, तब पनि मोटा मान्छेहरु हाई रिस्कको क्याटेगोरीमा थिए ।

अल इन्डिया इन्स्टीच्यूट अफ मेडिकल साइन्स (एम्स) का डा. उमा कुमारका अनुसार मोटा व्यक्तिको सेल्समा एसीई-२ रिस्पेटर हुन्छ । यसकारण मोटा व्यक्तिमा कोरोनाको खतरा बढी हुन्छ । अन्य अध्ययनमा पनि यो कुरा पाइएको छ । फ्याट सेल्समा एसीई-२ रिस्पेटर लंग्स पनि बढी पाइयो । यो रिस्पेटर जुन सेल्समा बढी हुन्छ उनमा भाइरसको खतरा बढी हुन्छ । यस्ता व्यक्तिमा सीवियर डिजीजको खतरा बढी हुन्छ ।

मोटोपनाको प्रमुख कारण के हो ?

चिकित्सकका अनुसार मोटोपनाका पछाडि अनेक कारण छन् । कसैले जेनेटिक पनि भन्छन् । सक्रियता कम हुँदा, टेवल वर्कले मोटोपना बढ्छ । बच्चाहरु मैदानमा नखेल्दा मोटोपना हुन्छ । खानामा जंक फूड लिँदा, खानाको ढाँचा नमिल्दा वजन बढ्ने खतरा हुन्छ । राति निन्द्रा नपुग्नु, राति बढी खानु जस्ता कुराले मोटोपना बढाउँछ ।

मोटोपना कम गर्न के गर्ने ?

चिकित्सकहरुले चिनी बन्द गर्ने, कार्बोहाइट्रेड कम गर्ने, रोटी खाने, आवश्यक प्रशस्त पानी पिउने, सोडा या मैदा नखाने, सोयावीन आयल प्रयोग नगर्ने, अनेक मिठाइ नखाने, सफ्ट ड्रिंक र कोल्ड ड्रिंकको प्रयोग नगर्दा मोटोपना समस्या हुँदैन ।

बढी तौलले डायबिटीज, उच्च रक्तचाप र हर्ट अट्याकको खतरा

डाक्टर्सका अनुसार मोटा व्यक्तिमा अनेक विरामी हुन सक्छन् जसको कारण सो अवस्था आएको हुन्छ । यस्ता व्यक्तिमा डायबिटीज, उच्च रक्तचाप र हर्ट अट्याकको खतरा हुनसक्छ । 

राति चाँडै सुत्न सक्नुहुन्छ, हल्का भोजन गर्नुहोस्

राति हल्का खाना खानु स्वास्थ्यको लागि अत्यन्तै लाभकारी हुन्छ । खिचडी, दूध, ओट्स, उमालेको सब्जी खान सक्नुहुन्छ । तौल घटाउनको लागि विहान र साँझ चिया पिउन सक्नुहुन्छ ।

ब्रिटिश हेल्थ एजेन्सीले रिसर्चमा के पाए ?

उनीहरुले धेरै वजन हुनेमा कोरोना संक्रमणको साथै इन्टेन्सिभ केयर युनिटको आवश्यकतालाई उल्लेख गरेका छन् । यहि भएर उनीहरुले आग्रह गरेका छन कि जसरी भएपनि मोटोपना घटाउनुहोस् ।

कसरी जान्ने तपाईंको तौल बढी छ ?

अमेरिकन नेशनल हेल्थ इन्स्टिच्यूटका अनुसार एक वयस्क व्यक्तिको बढी मास इन्डेक्स (बीएमआइ) यदि २३ देखि २४.९ बीच हुन्छ भने उसको वजन बढी छ । तपाईंको बीएमआई २५ भन्दा बढी छ भने तपाईं मोटोपनाबाट ग्रसित हुनुहुन्छ ।

मोटोपना पत्ता लगाउने अर्को सरल तरिका पनि छ । ९४ सेन्टिमिटर भन्दा बढी कमर साइज भएका पुरुष र ८० सेन्टिमिटर भन्दा कम साइज भएका महिलामा मोटोपना सम्बन्धी समस्या सुरु हुने गर्दछ ।

ब्रिटेनमा जंक फूड विज्ञापनमा रोक

ब्रिटिश सरकारले जंक फूडको विज्ञापन रोकेको छ । टेलिभिजन र अनलाइन दुबै माध्यममा राति ९ बजेदेखि पहिले बोसो बढी, नुन या चीनी भएका खाद्य पदार्थको विज्ञापन देखाउन मिल्दैन ।

मोटोपना र नेपाल

मोटोपन वर्तमान समयको ठूलो चुनौती हो । अहिलेको जीवनशैलीले मोटोपनलाई बढावा दिइरहेको छ । नेपाली समाजको लागि पनि मोटोपन प्रमुख विषय हो ।

तर, नेपाली परिवेशमा मात्र होइन, विश्वकै लागि यो टाउको दुखाईको विषय हो । ग्लोबल न्युट्रिसनले भर्खरै सार्वजनिक गरेको रिपोर्टले भन्छ, अघिल्लो वर्ष दक्षिण एसियामा मात्र करिब २४ प्रतिशत महिलामा मोटोपनको समस्या देखिएको छ । नेपालमा २२ प्रतिशत महिलालाई मोटोपनाले गाँजेको छ ।

विश्व स्वास्थ्य संगठन भन्छ, ‘विश्वमा करिब एक अर्ब ९ करोड मानिस मोटोपनको शिकार भएका छन् । यसमा बालबालिकाको संख्या पनि उत्तिकै छ । यसकारण कोरोनाजस्ता रोगहरुको शिकार घटाउनका लागि पनि मोटोपनालाई घटाउनु वर्तमान चुनौति बनेको छ । दैनिक भास्कर र गाउँ सहर डटकमको सहकार्यमा तयार सामाग्री
 

गाउँ सहर डेस्क

तपाईँको मत