अर्थतन्त्र

मन्त्रिपरिषद् बैठककाे निर्णयः सरकारको नीति तथा कार्यक्रम जेठ १ गते

काठमाडाैं । मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम जेठ १ बजे दिउँसो ३ बजे गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीवार साँझ सकिएको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै नेपाल प्रहरीका डीआईजीहरू भीमप्रसाद ढकाल र उमेशराज जोशीलाई एआईजीमा बढुवा गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार र सम्मान दिने निर्णयसमेत बैठकले गरेको प्रवक्ता शर्माले बताइन् ।

समाज कल्याण परिषद्को उपाध्यक्षमा सुनसरीका नन्दलाल माझी र भाषा आयोगको सदस्यमा काठमाडौंका सुरेश मानन्धर नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत