प्रेरणा

“ठूलो लक्ष्य हासिल गर्नुछ भने चातुर्याइँले लिनुपर्छ काम, बिना कारण समय बर्बाद गर्नु हुँदैन”

काठमाडौँ । रामायणमा हनुमानजीका कयौँ यस्ता प्रसंग छन जसमा समस्यालाई हटाउनको लागि अनेकन सूत्र बताइएको छ । यी सूत्रहरुलाई ध्यानमा राखेमा हामी लक्ष्यसम्म पुग्न सक्छौँ । 

श्रीरामरचित मानको सुन्दरकांडमा हनुमानजी जब सीताको खोजीमा समुन्द्र पार गर्दैथिए, तब उनलाई कयौँ समस्याको सामना गर्नुपर्यो । सुरसा नामकी राक्षसनीले हनुमानजीलाई समुन्द पार गर्नबाट रोक्न चाहेकी थिइन, तर उनी यो समस्यालाई झेलेर अगाडि बढे ।

हनुमानजीले समुन्द्र पार गर्ने समय सुरसासँग लड्नमा समय खर्चेनन् । सुरसा हनुमाजीलाई खान चाहन्थी । त्यो समय हनुमानजीले आफ्नो चातुर्याइँले आफ्नो शरीरको आकार बढाए र अचानक सानो रुप गरे । सानो आकार गरेपछि हनुमानजी सुरसाको मुखमा प्रवेश गरेर फेरि बाहिर आए । हनुमानजीको यो चातुर्याइँबाट सुरसा प्रशन्न भइन र बाटो छाडिदिइन् । चातुर्याइँको यो कला हामी हनुमानजीसँग सिक्न सक्छौँ । 

हामीलाई हरेक कदम कदममा कयौँपटक यस्ता वाधाको सामना गर्नुपर्ने हुन्छ । बिना समय गुमाउँदै अगाडि बढिरहनु पर्दछ । आफ्नो लक्ष्यतर्फ केन्द्रित हुने यो कला हामी हनुमानजीबाट सिक्न सक्छौँ ।

रावण देवी सीतालाई हरण गरेर लंका लगेका थिए । सीताको खोजीको लागि हनुमानजी समुन्द्र पार गरेर लंका पुगेका थिए । लंकामा उनको भेट विभीषणसँग भयो । यसपछि अशोक वाटिकामा हनुमानजी र सीताको भेट भयो । रावणको दरबार हनुमानजीलाई बन्दी बनाएर ल्याइएको थियो । यसपछि हनुमानजीले लंकामा आगो लगाए र सीताको खोजी गरेर उनी श्रीरामकोमा फर्केका थिए ।
 

गाउँ सहर डेस्क

तपाईँको मत