स्वास्थ्य

हालसम्म विश्वभर काेराेना संक्रमित १ करोड ८९ लाख, निकाे हुनेको संख्या १ करोड २१ लाखभन्दा बढि

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर कोरोनाभाइरस संक्रमितमध्ये हाल ६१ लाख ३०४ जना उपचाररत छन् । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड २१ लाख ६१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ८९ लाख ७३ हजार नाघेको छ भने मृतकको संख्या ७ लाख ११ हजार १८१ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ६१ लाख ३०४ जनामा सक्रिय केशमध्ये ६५ हजार ५४० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ४९ लाख ७३ हजारभन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ६१ हजार ६०१ जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ४२४ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २५ लाख ४० हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १९ लाख ६३ हजार २३९ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ४० हजार ७३९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १३ लाख २७ हजार २०० जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २१ हजार ३९० जना पुगेका छन् भने १५ हजार १५६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ६० पुगेको छ भने ६ हजार १७४ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत