रक्षाबन्धन : साइत खोज्नेको लागि दिनभरमा ३ मुहूर्त, भविश्योत्तर पुराण भन्छ- पर्वपछि पनि बाँध्न सकिन्छ
- गाउँ सहर डेस्क
- १९ श्रावण सोमबार, २०७७ | ०८:१३:०० मा प्रकाशित
काठमाडौँ । आज श्रावण १९ गते रक्षाबन्धन मनाइँदै छ । श्रावण शूक्ल पूर्णिमाकाे दिन जनैपूर्णिमा वा रक्षाबन्धनको नामले प्रचलित छ । भविश्य पुराणका अनुसार, सबैभन्दा पहिले देवराज इन्द्रलाई उनकी पत्नी शचिले राखी बाँधेकी थिइन, जसले इन्द्रले युद्ध जिते । यसको अलवा वामन पुराणका अनुसार, राजा बलिलाई लक्ष्मीजीले राखी बाँधेकी थिइन् । पहिले रक्षाबन्धन केवल भाइ-बहिनीमा मात्र सीमित थिएन । वैदिक र पौराणिक कालमा निरोगी रहनु, आयु बढाउन र नराम्रो समयबाट रक्षाको लागि योग्य ब्राम्हणद्वारा अन्यलाई रक्षा सुत्र बाँधिन्थ्यो ।
दिनभरमा रक्षाबन्धनको ३ मुहूर्त
यसपटक रक्षाबन्धनमा विहान ९ः४४ बजेसम्म भद्रा रहनेछ । भद्रापछि दिदी बहिनीले आफ्ना दाजुभाइलाई हातमा रक्षासुत्र बाँध्नु पर्दछ । १९ गते आज विहान ७ः४५ बजे पछि पुरै दिन श्रवण नक्षत्र रहने छ । यसको साथै पूर्णिमा पनि राति ९ः४५ सम्म रहनेछ । यसकारण विहान ९ः२९ पछि पुरै दिन रक्षा बाँध्न सकिन्छ ।
साइत नै खोज्नेको लागि भने विहान— ९ः५० देखि ११ः२२ सम्म, दिउसाे— २ः५० देखि ३ः५० सम्म र साँझ— ४ः१५ देखि ८ः५० सम्म ।
रक्षाबन्धनमा के चाहिन्छ, कस्ता कस्ता हुन्छन् रक्षाबन्धन ?
रक्षाबन्धनमा पानीको कलश, चन्दन र कुमकुम, चामल, नरिवल, रक्षा, मिठाई, दियो चाहिन्छ । धर्म ग्रन्थ अनुसार, ७ प्रकारका रक्षा सुत्र हुन्छन् । विप्र, गुरु, मातृ-पितृ, स्वसृ, गौ, वृक्ष, अश्वरक्षा सुत्र । दिदीबहिनी र भाइदाजूबीचको स्वसृमा पर्दछ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस