स्वास्थ्य

कोरोनाकालमा ‘वर्ल्ड हेपाटाइटिस डे’

[सुरुवातमा उपचार नहुँदा यसले गम्भीर स्थिति पैदा गराउन सक्छ]

काठमाडाैँ । हेपाटाइटिस अर्थात लिभरसँग जोडिएको रोगबाट जुधिरहनुभएको छ भने कोरोना संक्रमणले गम्भीर रुप लिन सक्छ । यो चेतावनी अमेरिकको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले जारी गरेको छ । सीडीसीका अनुसार, यस्ता वृद्ध/वृद्धा जो पहिलेबाटै रोगी छन र हेपाटाइटिसबाट गुज्रिएका छन, उनीहरुले विशेष सावधानी अपनाउनु जरुरी छ ।

आज वर्ल्ड हेपाटाइटिस डे हो । यो वर्षको मन्त्र छ— "हेपाटाइटिस मुक्त भविश्य" । लिभरको यो रोगले विश्वमा हरेक साल १३ लाख बढिको मृत्यु भइरहेको छ । वर्षाको मौसम चलिरहेको छ र कोरोना संक्रमण पनि द्रूतगतिमा फैलिइरहेको छ । यो मौसममा हेपाटाइटिसको भाइरस संक्रमण पनि सजिलै फैलन्छ, यसकारण विशेषगरी एलर्ट रहनु जरुरी छ ।

के हो हेपाटाइटिस ?

हेपाटाइटिसलाई सजिलो भाषामा लिभरमा सूजन हुन्छ जसको मुख्य कारण भाइरसको संक्रमण हुन्छ । सामान्यतयाः दूषित भोजन, पिउने पानी, संक्रमित चिजले फैल्याउँछ । हेपाटाइटिसको ५ भाइरस ए, बी, सी, डी र ई हुन्छन् । यसमध्ये टाइप बी सबैभन्दा घातक हुन्छ । सुरुवातमा उपचार नहुँदा यसले गम्भीर स्थिति पैदा गराउन सक्छ ।

हेपाटाइटिस बंशाणुगत रोग होइन । तर हेपाटाइटिस बी भाइरसको जन्मको समयमा आमादेखि बच्चामा स्थान्तरित हुन सक्छ । यसले आमाको हेपाटाइटिस बी भाइरसको स्थिति पहिचान गरेर र बच्चाको जन्म भएको १२ घण्टा भित्र खोप लगाएर रोक्न सकिन्छ । अहिले केवल हेपाटाइटिस ए र बीको लागि मात्र खोप उपलब्ध छन् ।

हेपाटाइटिसका विरामीले निम्न कुरा ध्यान दिनु पर्दछ

  1. लक्षण देखिनेबित्तिकै जाँच गराउनुहोस् । लिभरको आकार बढ्ने, छाला पहेँलो हुने, पिसाव पहेँलो हुने, हल्का ज्वरो र शारीरक परिवर्तनलाई हेरेर लिभर फंक्शन टेस्ट, पेटको अल्ट्रासाउन्ड र लिभरको बायोप्सी गर्ने सल्लाह चिकित्सक दिन्छन् ।
  2. वर्षातमा विशेष सावधानी । सकड किनारमा भएका खानाबाट बच्नुहोस् । विशेष वर्षातको यो समयमा संक्रमण फैलने सम्भावना बढि हुन्छ । नवजातलाई खोप लगाउनुहोस्
  3. गर्भवती महिलालाई विशेषगरी हेपाटाइटिस बीको जाँचसँगै खोप अनिवार्य लागाउन चिकित्सक सुझाउँछन् । डेलिभरीपश्चात नवजात शिशुलाई पनि खोप अनिवार्य लगाउनुहोस् ।
  4. हरियो तरकारी खानुहोस तर राम्ररी धोएर मात्र ।
  5. धेरै तेल, मसालेदार खाना, रिफाइन्ड आटा, अल्कोहल भएको उत्पादन खानबाट बच्नुहोस । केक, पेस्ट्रीज र चकलेट थोरै लिन सक्नुहुन्छ । एजेन्सीकाे सहयाेगमा
     

गाउँ सहर डेस्क

तपाईँको मत