विश्व

अमिताभ बच्चनको श्वाव टेस्ट नेगेटिभ, एकदुइ दिनमा डिस्चार्ज हुन सक्ने

  • एजेन्सी
  • ८ श्रावण बिहीबार, २०७७ | १४:१९:०० मा प्रकाशित

मुम्बई । १२ दिन मुम्बईको नानावटी हस्पिटलमा कोभिड-१९ को उपचार गराइरहेका अमिताभ बच्चनको श्वाव रिपोर्ट नेगेटिभ आएको छ । तर उनलाई एकदुइ दिन थप हस्पिटलमा निगरानीमा राखिनेछ ।

अस्पतालका अनुसार अभिषेक बच्चनको पनि सबै रिपोर्ट नेगेटिभ आएको छ । उनी सायद साँझसम्म डिस्चार्ज हुन सक्छन् ।

तर बुधबार चारै जनाको श्वाव टेस्ट गरिएपनि ऐश्वर्या र आराध्याको रिपोर्ट भने आएको छैन ।
 

एजेन्सी

तपाईँको मत