गाउँ सहर

विश्वभर ५३ लाख ३१ हजार मानिसमा काेराेनाभाइरस सक्रिय, ५९ हजार ८१४ जनाको अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८९ लाख ६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ४८ लाख ५१ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख १३ हजार १४६ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५३ लाख ३१ हजार ८०३ जनामा सक्रिय केशमध्ये ५९ हजार ८१४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३९ लाख ६१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ४३ हजार ८३४ जनाले ज्यान गुमाइसकेका छन् भने १८ लाख ४९ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ११ लाख ५४ हजार ९१७ नाघेर विश्वभर कोरोना धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये २८ हजार ९९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ७ लाख २४ हजार ७०२ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमण १७ हजार ८४४ जना पुगेका छन् भने ११ हजार ८६८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४० पुगेको छ भने ५ हजार ९३६ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत