स्वास्थ्य

‘३५ वर्षकी फातिमाले १३० दिनसम्म कोरोनासँग लडिन’

[१०५ दिन भेन्टिलेटरमा, पहिलेकै जस्तो सास लिन अब पाउन्नन्]

सबैभन्दा लामो कोरोना केश ब्रिटेन ।

ब्रिटेन । ब्रिटेनबाट कोरोनाको सबैभन्दा लामो केश आएको छ । ३५ वर्षकी फातिमा ब्राइडल कोरोना संक्रमणसँग १३० दिनसम्म लडिरहेकी थिइन । अहिले उनलाई रिकभरी वार्डमा स्थान्तरण गरिएको छ । फातिमा र उनका पति ट्रेसीलाई मोरक्को यात्राको समयमा संक्रमण भएको थियो । उनीहरु ६ मार्चमा ब्रिटेन आएका थिए । पहिले पतिमा संक्रमण देखिएको थियो भने फातिमालाई पछि देखिएको थियो ।

१२ मार्चमा दुबैजनालाई ब्रिटेनको साउथहेम्पटन हस्पिटलमा भर्ना गरिएको थियो । पति कम समयमै रिकभर भए तर फातिमाले १३० दिनमा १०५ दिन भेन्टिलेटरमा बिताइन् । यति लामो समयपछि अब उनी कुरा गर्न लायक स्थितिमा छन, आफ्नो खुट्टाले हिँड्न सकेकी छन् । निको भएपछि उनले भनिन्, ‘यो सब सपना जस्तै लागेको छ ।’

फातिमा भन्छिन्— म हरेक नर्स र डाक्टरमा आभारी छु जसले मलाई नयाँ जीवन दिनुभएको छ । म धेरै खुसी छु, यो सब सपनाजस्तै लागेको छ ।

फातिमालाई भर्ना गरेपछि १८ मार्चसम्म कयौँपटक एन्टिबायोटिक्स दिइएको थियो तर फेल सावित भयो । त्यसपछि उनलाई आइसीयूमा भर्ति गरिएको थियो । त्यहाँ ४० दिनसम्म कोमामा राखिएको थियो । फातिमा निमोनिया, कोभिड-१९ र सेप्सिस तीन रोगबाट ग्रस्त थिइन् ।

फोक्सोबाट संक्रमण समाप्त गर्नको लागि मुखबाट एक नलीको माध्यमबाट स्लाइन वाटर राखियो ताकि फोक्सोलाई सफा गर्न सकियोस् । यसो गर्दा विस्तारै विस्तारै सासको गतिमा ४०% सम्म खुल्यो । अहिले ७०% सुधार छ । पति र पत्नी एक अर्का स्क्रीनको भित्तोलाई साक्षी राखेर लामो समय टाढा रहे ।

पूर्व सैनिक ट्रेसीका अनुसार, यो मिराकल जस्तै छ । म अहिले उनिसँग भेट्नबाट रोकिन सकिरहेको छैन । उनी भन्छन्— कोभिड-१९ को असर लामो समयसम्म रहेको छ । फातिमा अप्रिलमा कोरोनाबाट मुक्त भएकी थिइन तर निमोनियासँग जुधिरहेकी छन् । अघिल्लो महिनाबाट उनलाई भेन्टिलेटरमा राखियो । जब फातिमा पहिलो पटक केहि बोल्ने स्थितिमा आइन, उनले आफ्नो पतिसँग भेट गर्ने भनिन् । उनीसँग के-के भएकाे उनलाई नै थाहा थिएन ।

पतिका अनुसार, फातिमाको एक फोक्सो खराब भइसकेको छ, उनी अब कहिलेपनि पहिलेको जस्तै सास लिन पाउन्नन् । म उनीसँग २०१६ मा भेटेको थिएँ र हाम्रो चारजना बच्चा छन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत