स्वास्थ्य

कोरोनाबाट विश्वभर संक्रमितमध्ये ६ लाख ८ हजार जनाको मृत्यु, ५९ हजारको अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८७ लाख ३५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ४६ लाख ४१ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ८ हजार ९०२ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५२ लाख ९७ हजार ७५९ जनामा सक्रिय केशमध्ये ५९ हजार ८१९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३८ लाख ९८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ४३ हजार २८९ जनाले ज्यान गुमाइसकेका छन् भने १८ लाख २ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ११ लाख १८ हजार १०७ नाघेर विश्वभर कोरोना धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये २७ हजार ५०३ जनाको ज्यान गइसकेको छ । जसमध्ये ७ लाख ३९९ जना निको भएका छन् ।

नेपालमा भाइरस संक्रमण १७ हजार ६५८ जना पुगेका छन् भने ११ हजार ६९५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४० पुगेको छ भने ५ हजार ९२३ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत